काठमाडौंमा यस वर्षकै कम तापक्रम रेकर्ड
नेपालबहस संवाददाता
माघ ८, २०८० सोमबार १२:३१:४०
८ माघ, काठमाडौं । काठमाडौंमा यस वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले आज काठमाडौंमा यस वर्षकै कम तापक्रम 'तीन दशमलव दुई' रेकर्ड गरिएको बताए ।
यसअघि गएको डिसेम्बर ५ तारिखमा न्यूनतम तापक्रम तीन दशमलव पाँच डिग्री रेकर्ड गरिएको थियो । उक्त रेकर्ड ब्रेक गर्दै आज शुन्य दशमलव दुई डिग्रीले झरेको हो । आज काठमाडौं उपत्यकामा पारदर्शिता पनि घटेको छ । उनका अनुसार आज बढी चिसो अनुभव भएको छ ।
बिहानका समयमा चाहिँ हुस्सु जस्तो देखिएको छ । उनले परदर्शिता तीन हजार मिटर रहेको बताए । यसअघि चार हजार मिटरमाथि नै हुने गरेकामा आज भने पारदर्शिता पनि घटेको हो । त्यसका कारण काठमाडौंमा आज बिहानदेखि कतिबेला घाम लाग्ने र कतिबेला नलाग्ने भइरहेको छ । चन्द्रागिरिलगायत उपत्यकाको उच्च क्षेत्रतर्फको बस्तीमा अझै कम घाम लागेको छ । लागेको घाम पनि न्यानो खालको छैन ।
तराईमा बाक्लो हुस्सु र कुहिरो
महाशाखाले चिसो बढिरहेको बताएको छ । तराईका भूभागमा हुस्सु र कुहिरोले कुनै दिन खुल्ने कुनै दिन बेलुकासम्म नै हुस्सु कुहिरो लागिरहने गरेको पनि उनले बताए । त्यसका कारण बढी चिसो महसुस हुने गरेको छ ।
आइतबार रेकर्ड गरिएको तथ्याङ्कअनुसार जुम्लामा माइनस पाँच दशमलव छ डिग्री, जोमसोम माइनस पाँच डिग्री र दोलखाको जिरी मा एक डिग्री तापक्रम रेकर्ड गरिएको छ । आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।
तराईका अधिकांश स्थानमा हुस्सु÷कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने भएकाले त्यसबाट हुनसक्ने असरका साथै चिसोबाटसमेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउ विभागले सबैमा अनुरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वामित्व विवादले गौशालाको अस्तित्व सङ्कटमा
असोज ११, २०८१ शुक्रबार
देशका यी नदीहरूको जल सतह बढ्ने, सतर्क रहन आग्रह
असोज ११, २०८१ शुक्रबार
सांस्कृतिक कार्यक्रममा योगदान गर्ने सम्मानित
असोज १०, २०८१ बिहिबार
काठमाडौं उपत्यकाका धेरै क्षेत्रको विद्युत् आपूर्ति अवरुद्ध, लाइन बनाउनै समस्या
असोज १२, २०८१ शनिबार
शनिबार विहानको बागमती र धोबीखोला (फोटोफिचर)
असोज १२, २०८१ शनिबार
काठमाडौंका करिडोर तथा केही मुख्य सडकमा आवागमन प्रभावित
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
गृहमन्त्रीले बोलाए केन्द्रिय सुरक्षा समितको बैठक
असोज १२, २०८१ शनिबार
देशका विभिन्न स्थानमा बाढीपहिरोमा परी ६ जनाको मृत्यु, सात जना बेपत्ता
असोज १२, २०८१ शनिबार