इङल्याण्डविरुद्धको शुरुवातका दुई टेस्टमा विराट कोहली नखेल्ने
नेपालबहस संवाददाता
माघ ९, २०८० मंगलबार ११:३:८
९ माघ, काठमाडौं । विराट कोहली इङल्याण्डविरुद्धको शुरुवातका दुई टेस्ट खेल नखेल्ने भएका छन् । भारत टूरमा आएको इङल्याण्डले जनवरी २५ देखि ५ खेलको टेस्ट सिरिज खेल्दै छ ।
कोहलीले निजी कारणले आफू शुरुका दुई टेस्टमा उपलब्ध नहुने जानकारी क्रिकेट बोर्डलाई गराएको भारतीय क्रिकेट कन्ट्रोल बोर्डले जानकारी दिएको छ । कोहली तेस्रो टेस्टदेखि टिममा सहभागी हुने छन् ।
कोहलीको ठाउमा को खेल्छ रु भन्ने बारे बोर्डले पछि जानकारी गराउने बताएको छ । उनको ठाउँमा खेल्ने खेलाडीमा चैतेश्वर पुजाराको नाम सबै भन्दा अगाडि रहेको छ ।
२५ जनवरीबाट सुरु हुने यो सिरिज विश्व टेस्ट च्याम्पियनसिप २०२३-२५ को दृष्टिकोणले महत्त्वपूर्ण रहेको छ । भारतीय टोलीले यो सिजन आफ्नो पहिलो घरेलु सिरिज खेल्दैछ । यसअघि भारतले घरेलु मैदानमा वेस्ट इन्डिजलाई १–० ले हराएको थियो भने दक्षिण अफ्रिकासँगको दुई खेलको सिरिज १–१ को बराबरीमा सकिएको थियो ।
सिरिजको पहिलो खेल २५ जनवरीबाट हैदरावादमा हुनेछ । त्यसपछि दोस्रो टेस्ट फेब्रुअरी २ गते विशाखापट्टनममा, तेस्रो टेस्ट फेब्रुअरी १५ गते राजकोटमा, चौथो टेस्ट फेब्रुअरी २३ गते राँचीमा र पाँचौं टेस्ट मार्च ७ गते धर्मशालामा खेलिनेछ ।
शुरुको दुई खेल खेल्ने भारतीय टिमः रोहित शर्मा (कप्तान), शुभमन गिल, यशस्वी जैसवाल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), केएस भरत (विकेटकिपर), ध्रुव जुरेल (विकेटकिपर), रविचन्द्रन अश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, मोहम्मद यादव, मुकेश कुमार, जसप्रित बुमराह (उपकप्तान) र आवेश खान ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार