जनमत पार्टी मधेस प्रदेश सरकारबाट बाहिरियो
नेपालबहस संवाददाता
माघ ९, २०८० मंगलबार २३:४२:२०
९ माघ, जनकपुरधाम । जनमत पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । पार्टीबाट सरकारमा सहभागी शिक्षा तथा संस्कृतिमन्त्री र श्रम तथा यातायातमन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा पत्र बुझाएसँगै जनमत पार्टी सरकारबाट बाहिरिएको हो ।
मधेस प्रदेश सरकारका प्रवक्ता एवं गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समीमले जनमत पार्टीका मन्त्रीले मुख्यमन्त्री यादवसमक्ष सामूहिकरूपमा राजीनामा बुझाएको जानकारी दिए ।
यसअघि आजै जनमत पार्टी मधेस प्रदेश संसदीय दलका नेता एवं शिक्षा तथा संस्कृतिमन्त्रीसमेत रहेका महेशप्रसाद यादवले संसदीय दलको निर्णयअनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिइएको पत्र प्रदेश प्रमुख हरिशङ्कर मिश्रलाई बुझाएका थिए ।
“मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा १६८ अनुसार जनमत पार्टीको समर्थन रहेकामा आजैका मितिबाट संसदीय दलको बैठकको निर्णयअनुसार सो समर्थन फिर्ता लिइएको जानकारी गराउँदछौँ”, प्रदेश प्रमुख मिश्रलाई बुझाइएको पत्रमा भनिएको छ ।
यादवले सरकार गठन भएको एक वर्षसम्म पनि सरकारले प्रभावकारीरुपमा काम गर्न नसकेको र सरकारमा रहेका आफ्नो पार्टीका मन्त्रीलाई समेत काम गर्ने वातावरण नरहेको भन्दै राजीनामा बुझाइएको बताए । “हामीलाई दिएका मन्त्रालय फुटाउने, बिनाविभागीय भूमिका दिने, केही काम गर्न खोजेमा अवरोध गर्ने र हाम्रै मातहतमा रहेका मन्त्रालय तथा सम्बद्ध कार्यालयका गतिविधिसमेत हामीलाई जानकारी नदिएर गर्नेजस्ता कारणले सरकारमा बसिरहन उचित लागेन । त्यसैकारण हामीले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिने निर्णयबारे प्रदेश प्रमुखलाई र मुख्यमन्त्रीलाई जानकारी गराएका छाँै”, यादवले सञ्चारकर्मीसमक्ष भने । मधेस प्रदेशसभामा जनमत पार्टीका १३ सदस्य रहेका छन् ।
–––
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपद्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
गृहमन्त्रीले बोलाए केन्द्रिय सुरक्षा समितको बैठक
असोज १२, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
सहकारी ठगेर भागेका ढोरपाटनका मेयर देवकुमार नेपाली दिल्लीमा पक्राउ, नेपाल ल्याउने तयारी
असोज ११, २०८१ शुक्रबार
१२ घण्टा यता देशैभर भारी वर्षाः हवाई उडान प्रभावित, मुग्लिन-नारायणगढ सडकमा राती सवारी बन्द
असोज ११, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः चिनियाँ ऋणको बोझबाट कहिले पाउला मुक्ति ?
असोज ११, २०८१ शुक्रबार
पर्वतमा आमाछोरी पाँच दिनदेखि सम्पर्कविहीन
असोज १२, २०८१ शनिबार
काभ्रेमा बाढी–पहिरोले चारको मृत्यु, १० जना बेपत्ता
असोज १२, २०८१ शनिबार
लगातार वर्षा हुँदा माथिल्लो मनाङमा हिमपात, जनजीवन प्रभावित
असोज १२, २०८१ शनिबार
‘पूर्ण बहादुरको सारङ्गी’ को दोस्रो गीत सार्वजनिक
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
अविरल वर्षा आज बेलुकादेखि मत्थर हुँदै जाने, बादल फाट्न केही दिन लाग्ने
असोज १२, २०८१ शनिबार