राष्ट्रियसभा निर्वाचनलाई लक्षित गर्दै कोइराला निवासमा चियापान
नेपालबहस संवाददाता
माघ १०, २०८० बुधबार ११:१:१८
१० माघ, विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राष्ट्रियसभा निर्वाचनलाई लक्षित गरि आफ्नै निवास विराटनगरमा बुधबार विहान चियापान राखेका छन् । चियापानमा कांग्रेस महामन्त्री गगन थापादेखि कांग्रेसका नेता तथा कार्यकर्ताकहरुको बाक्लो उपस्थिति थियो ।
भोली राष्ट्रियसभा सदस्य पदका लागि निर्वाचन हुँदैछ । निर्वाचनको पूर्वसंध्यामा कोइरालाले पार्टीमा एकताको आग्रह गर्दै चियापान कार्यक्रम राखेका हुन् । बुधबार विहानैदेखि विराटनगरको कोइराला निवासमा नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।
कोइरालाले राखेको चियापानमा महामन्त्री गगन थापा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य मीनेन्द्र रिजाल, रामहरि खतिवडा, मीनबहादुर विश्वकर्मा, सरिता प्रसाईंलगायत नेताहरु उपस्थित थिए । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, मन्त्रीहरु, प्रदेशसभा सदस्यहरू, स्थानीय तहका प्रमुख तथा उपप्रमुख लगायतलाई चियापानमा निम्ता दिइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशसभा : संविधान प्रदत्त अधिकार व्यवस्थित गर्न ऐन संशोधन
माघ ९, २०८१ बुधबार
कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि
माघ ७, २०८१ सोमबार
भुल्केमा डोको बोकेर पानीको जोह गर्ने दिनको अन्त्य
माघ ५, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार