स्याङ्जामा २ हजार २ सय सुन्तला बगैँचा
नेपालबहस संवाददाता
माघ १०, २०८० बुधबार १३:२:११
९ माघ, वालिङ (स्याङ्जा) । स्याङजामा दुई हजार दुई सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आएको छ । जिल्लाका एघार स्थानीय तहमध्ये नौ स्थानीय तहमा व्यावसायिक सुन्तला खेती हुँदै आएको छ ।
चापाकोट नगरपालिका र कालीगण्डकी गाउँपालिका बाहेक अन्य स्थानीय तहमा व्यावसायिक रुपमा सुन्तला खेती गरिएको छ । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ अन्तर्गत सुन्तला सुपरजोन सञ्चालनमा रहेको छ ।
सुपरजोन सञ्चालनमा आएसँगै जिल्लाका विभिन्न स्थानीय तहमा सुन्तला बगैँचा फैलिँदै गएको सुन्तला सुपरजोन परियोजनाका वरिष्ठ कृषि अधिकृत माधवप्रसाद लम्सालले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी पुतलीबजार नगरपालिकामा सुन्तला उत्पादन हुने गरेको छ । यहाँ आठ सय ५० हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा फैलिएको लम्सालले जानकारी दिए ।
उनका अनुसार भिरकोटमा तीन सय ५०, वालिङमा दुई सय ४० र गल्याङ नगरपालिकामा एक सय ३० हेक्टर तथा अर्जुनचौपारी गाउँपालिकामा दुई सय ७०, बिरुवामा एक सय ५५, आँधीखोलामा एक सय २५, हरिनासमा ४५ हेक्टर र फेदीखोला गाउँपालिकामा ३५ हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा रहेको छ ।
जिल्लाका विभिन्न स्थानीय तहमा फैलिएको दुई हजार दुई सय हेक्टर क्षेत्रफलमध्ये उत्पादनशील बगैँचाको क्षेत्रफल ६० प्रतिशत अर्थात एक हजार तीन सय २० हेक्टर क्षेत्रफल रहेको परियोजनाका वरिष्ठ कृषि अधिकृत लम्सालले जानकारी दिए । ‘हाल सुन्तला बगैँचा रहेको क्षेत्रफलमध्ये एक हजार तीन सय २० अर्थात ६० प्रतिशत क्षेत्रफलमा मात्रै सुन्तला उत्पादन हुँदै आएको छ’ उनले भने, ‘६० प्रतिशतले उत्पादन दिँदा ४० प्रतिशत अर्थात आठ सय ८० हेक्टर क्षेत्रफलमा सुन्तलाका बेर्ना मात्रै छन ’
स्याङ्जामा चालू आर्थिक वर्षमा प्रति हेक्टरमा १४ दशमल ४६ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । यस आवमा स्याङ्जामा १९ हजार ८७ दशमलव २ मेट्रिक टन सुन्तला उत्पादन भएको लम्सालले जानकारी दिए । ‘यहाँ उत्पादन भएकोमध्ये ९० प्रतिशत अर्थात १७ हजार एक सय ७८ दशमलव ४८ मेट्रिक टन सुन्तला बिक्रीयोग्य छ’, उनले भने, ‘बाँकी रहेको १० प्रतिशत अर्थात एक हजार नौ सय आठ दशमलव ७२ मेट्रिक टन आन्तरिक खपत हुने गरेको छ ।’
एघार वर्षदेखि १५ वर्षे बोटको औसत उत्पादन धेरै रहेको भन्दै त्यस्ता बोटबाट प्रतिबोट औसतमा ७९ दशमलव छ केजी सुन्तला फल्ने गरेको कृषि अधिकृत लम्सालले जानकारी दिए । पाँचदेखि १० वर्षको बोटबाट प्रतिबोट २० केजी, १६ वर्षभन्दा माथिका बोटबाट प्रतिबोट ४५ केजी सुन्तला फल्ने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान सुरु
पुष १३, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
सुनको भाउ आज पनि स्थिर, चाँदीको बढ्यो
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुग्यो
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट चीनमा कम्तिमा ३२ जनाको मृत्यु, ३८ घाइते
पुष २३, २०८१ मंगलबार
लहान नगरपालिकाले गर्यो प्रादेशिक अस्पतालका बिरामीलाई कम्बल वितरण
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार हुँदै
पुष २३, २०८१ मंगलबार