चुरे क्षेत्रमा काठ तस्करको बिगबिगी, बहुमूल्य जातका रुख कटानमा वन कर्मचारीकै सेटिङ
नेपालबहस संवाददाता
माघ १०, २०८० बुधबार १३:३०:५१
१० माघ, काठमाडौं । जिल्लाको राष्ट्रिय वनमा दर्जनौं बहुमूल्य जातका खयरका काँचा रुख काटिएका छन् । चन्द्रपुर नगरपालिका वडा नम्बर २ मा पर्ने महादेव डाँडामा दर्जनौं बहुमूल्य जातका खयरका रुख काटिएको हो । काठ तस्करले दिनदहाडै रुख काटेर लैजाँदा समेत प्रशासन भने मुकदर्शक बनेको छ । बनका कर्मचारीकै मिलेमतोमा करोडौ मूल्यका रुख काटिएका छन् ।
स्थानीयका अनुसार वन कर्मचारीकै मिलोमतोमा सो क्षेत्रमा खयरका रुख काटिएको हो । डिभिजन वन कार्यालय चन्द्रनिगापुर रौतहटबाट करिब १० किलोमिटर उत्तरमा पर्ने चुरेको जंगलमा बहुमूल्य जातका खयरका रुखहरू काटिएका हुन् । जुडीबेला सब डिभिजन वन कार्यालयको क्षेत्रमा पर्ने महादेव डाँडाको जंगलमा बहुमूल्य जातका खयरका रुख काटिँदा समेत वन कर्मचारीले कुनै वास्ता नगरेको स्थानीय बासिन्दाले बताएका छन् ।
चुरेको डाँडामा खयरका रुख काटेर विभिन्न साइजका गोलाई बनाई माथिबाट लडाएर खोलामा झारी त्यहाँबाट अन्त लाने गरेको स्थानीयले बताए । रौतहटको चुरे क्षेत्रमा बहुमूल्य जातका खयरका रुख काटिएको विषयमा जुडिबेला सब वन डिभिजन कार्यालयका प्रमुख सुरेशकुमार महतोले आफूलाई जानकारी नभएको बताएका छन् ।
आफूले सो स्थानमा कर्मचारी पठाएको र त्यहाँ गएका वन कर्मचारीले एक दुई वटा खयरका रुख काटिएको बताएपछि आफूले सोही आधारमा प्रतिवेदन बनाएर डिभिजन वन कार्यालय रौतहटमा पठाउने तयारी गरेको सहायक वन अधिकृत महतोको भनाइ रहेको छ ।
रौतहटको चुरे क्षेत्रमा पर्ने वन अतिक्रमण गरेर बसेकाहरूले बहुमूल्य जातको खयरका काँचा रुख काटेर त्यसको विभिन्न सामान बनाएर महँगोमा बिक्री वितरण गर्ने गरेको स्थानीय बासिन्दाहरूले जानकारी दिएका छन् ।
रौतहटको चुरे क्षेत्रमा रहेका खयरका रुख काटेर त्यसका डमहरू लगायतका विभिन्न सामान बनाएर बिक्री वितरण हुँदै आएको छ । बुद्ध धर्म मान्नेहरूको धार्मिक अनुष्ठानमा प्रयोग हुने विभिन्न सामान बनाएर बिक्री वितरण हुँदै आएको जानकारहरूको भनाइ रहेको छ । रौतहटको चुरे क्षेत्र अतिक्रमण गरेर बसेकाहरू नै पछिल्लो समय अवैध रूपमा खयरकाहरू काटेर विभिन्न सामान बनाएर बिक्री वितरण गर्ने कार्यमा सक्रिय रहँदै आएको भएपनि वन कार्यालयले त्यसतर्फ ध्यान नदिएको स्थानीय बासिन्दाहरूको भनाइ रहेको छ ।
खयरबाट बनेका विभिन्न सामानहरू वन कर्मचारीकै सेटिङमै रौतटका मुख्य बाटो भएर जिल्ला बाहिर पुग्दा समेत वन कर्मचारीले थाहा नपाएझैँ गर्ने गरेको एक स्थानीय बासिन्दाले नाम उल्लेख नगर्ने सर्तमा जानकारी दिएका छन् । सो बिषयमा डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले भेटेर कुरा गरौँला भन्ने फोनमा प्रतिक्रिया दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापाबाट ३८ लाखभन्दा बढीको लत्ताकपडा बरामद
बैशाख १९, २०८१ बुधबार
चर्चित वन्यजन्तु तस्कर सम्पत्ति शुद्धिकरणमा दोषी ठहर
बैशाख १७, २०८१ सोमबार
हाजिरी जमानतमा रिहा भए कृष्णबहादुर महरा
चैत ९, २०८० शुक्रबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भावुक स्टाटस लेख्दै सन्दीप लामिछानेले भने- 'म षड्यन्त्रको सिकार भएँ'
बैशाख १९, २०८१ बुधबार
डढेलो निभाउने क्रममा मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग
बैशाख १९, २०८१ बुधबार
श्रमिकको कथामा चलचित्र ‘लेबर’ बन्ने घोषणा
बैशाख १९, २०८१ बुधबार
पोखरामा डढेलोले मौसम धुम्मिदा उडान अनियमित, पर्यटक आगमन ठप्प !
बैशाख १९, २०८१ बुधबार
नेपालको पत्रकारिता क्षेत्र लोकतन्त्रको जग : मुख्यमन्त्री कार्की
बैशाख १९, २०८१ बुधबार