धनगढीका मेयरकाे घरमा कालो ब्यानर !
नेपालबहस संवाददाता
माघ १०, २०८० बुधबार १७:४८:२७
१० माघ, धनगढी । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको घरमा कालो ब्यानर टाँसिएको छ।
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कैलालीले धनगढी उपमहानगरपालिका नगर प्रमुको घरमा कालो ब्यानर टाँसेको हो।
उपमहानगरपालिकालाई जन जीविका, जनतन्त्र र जनअधिकारका विषयमा सम्बोधनका लागि हुलाकमार्फत अल्टीमेटम पठाउँदा समेत समाधानतर्फ ध्यान नदिएपछि घरमा माग पत्र उल्लेख कालो ब्यानर टाँसिएको छ।
‘धनगढी उप महानगरपालिकालाई जन जीविका, जनतन्त्र र जनअधिकारका विषयमा पौष २१ गते नगर प्रमुखलाई सम्बोधन गरी ४८ बुँदे मागपत्र १५ दिने अल्टीमेटम सहित हुलाक मार्फत पठाइएको र उक्त मागहरु सम्वन्धमा कुनै सुनुवाई नभएकोले समस्याहरूको समाधानका लागि केही भएनन्,’ पार्टीका बाजुरा इन्चार्ज केशब उपाध्यायले भने।
पहिलो चरणमा माघ १० गते वडा कार्यालयहरूमा, माघ १२ गते कार्यपालिका शाखाहरुमा र माघ १५ गते सम्पूर्ण शैक्षिक संस्थाहरूमा माग पत्र बुझाउने कार्यक्रम रहेको उपाध्यायले बताएका छन्।
१५ गतेसम्म सरकारी शैक्षिक संस्था (१ देखि १२ सम्म)हरूले शुल्क फिर्ता गराउने र निजी स्वास्थ्य संस्थाहरूले राज्यले तोकेको सेवा शुल्क भन्दा बढी शुल्क हटाउनु पर्ने छ। माघ १२ गतेसम्म सम्पूर्ण सार्वजनिक कार्यालयहरूका शौचालय सफा र व्यवस्थित गर्नु पर्ने पार्टीको माग रहेको छ।
माघ १५ गते सम्म वडा नम्बर ११ मा रहेको बहिरा विद्यालयमा तत्काल उचित गाँस, बास र कपासका लागि २० लाख उप महानगरले व्यवस्था गर्नुपर्ने, माघ १५ गतेसम्म छाडा पशु चौपायाहरुको उचित व्यवस्थापन गर्नुपर्ने, सरकारी विद्यालय, स्वास्थ्य संस्थामा कार्यरत शिक्षक र डाक्टरहरुले निजी ट्युसन पढाउने र निजी क्लनिकमा व्यवसाय कार्य बन्द गर्नुपर्ने, विदेशबाट आयतीत तरकारी, फलफूल र माछा जाँच गरी आयातलाई व्यवस्थित गरिनुपर्ने आन्दोलनको कार्यक्रममा रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिरहाका १३ पालिका दमकल विहीन
बैशाख १६, २०८१ आइतबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
काठमाडौं महानगरभित्र आजदेखि गरिब घरपरिवारको गणना सुरु, २०९ जना गणक परिचालन
चैत २५, २०८० आइतबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बैशाख १६, २०८१ आइतबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
बैशाख १६, २०८१ आइतबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमालेका भण्डारी लाई ६७७ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
रिग्मो गाउँ
बैशाख १६, २०८१ आइतबार
मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
बैशाख १६, २०८१ आइतबार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
बैशाख १६, २०८१ आइतबार