तामाङ समुदायको दलनको कथामा बनेको नाटक 'मासिन्या' को विशेष मञ्चन
नेपालबहस संवाददाता
माघ ११, २०८० बिहिबार १५:४२:३३
११ माघ, काठमाडाैं । थापागाउँस्थित मण्डला थिएटरमा नाटक 'मासिन्या' को विशेष मञ्चन गरिएको छ । बुधबार साहित्य, कला, संगीत,राजनीति र सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा नाटकको विशेष मञ्चन गरिएको थियो । नाटकमा विशेषत: तामाङ समुदायले भोग्दै आएको उत्पीडननको कथालाई प्रस्तुत गरिएको छ । त्यसैमा समुदायको जीवनपद्धति, संस्कृति, लय र परिवेशहरु नाटकमा देख्न सकिन्छ ।
तामाङ समुदायमाथि गरेको विभेद र अत्याचारको जीवन्त प्रस्तुत नाटकमा रहेको विशेष मञ्चनमा सहभागी लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले बताए । 'यो नाटक मात्र होइन पीडा हो । यसलाई युवा पीढीले बुझ्नुपर्यो', उनले भने, 'यस्तो पीडाको विरुद्धमा संघर्ष गर्नुभन्दा अरु उपाय नै छैन । यो देशभरी देखाउनुपर्छ र आफ्नो अधिकार पहिचानको लागि संघर्ष गर्नुपर्छ ।' उनले तामाङ समुदायमाथि मासिन्या भनेर राज्यले गरेको विभेद प्रायोजित व्यवहार रहेको समेत धारणा राखे । उनका अनुसार आफ्नो समुदाय र नागरिकलाई नाटक जस्तो माध्यम नै जनचेतना बढाउने उपाय हो ।
नाटकले सडकमा उभिएर आन्दोलन र भाषण गरेभन्दा पनि शक्तिशाली सन्देश दिएको तर्क गर्दै आदिवासी अभियन्ता आङ्काजी शेर्पाले सम्पुर्ण तामाङ समुदाय र विश्वभर आदिवासी माझ यसलाई पुर्याउन आव्हान गरे। उनले भने,'यो हाम्रो उत्पीडनको कथा हो । यही कुरा राज्यले बुझेको भए आज सडकमा आन्दोलन गर्नुपर्ने अवस्था आउने थिएन । नाटकका यी दृश्यहरु प्रचण्ड र आङकाजीले बोलेको भाषणभन्दा शक्तिशाली छ । यसलाई प्रत्येक तामाङ बस्तीमा लानुपर्छ ।'
ताम्सालिङ संघर्ष समितिका सदस्य सचीव तथा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले नाटकलाई अभियानकै रूपमा सम्भव भएसम्म सातै वटा प्रदेशमा पुर्याउने सुनाए । राजु स्याङ्तान, लक्ष्मी रुम्बा र राबतको लेखन रहेको नाटकको परिकल्पना तथा निर्देशन बुद्धि तामाङ र सोनाम लामाले गरेका छन् ।
नाटक बिहीबारदेखि माघ २८ गतेसम्म मञ्चन जारी रहनेछ । नाटकमा रुपेश तामाङ, रोहनी लामा, सुनिल तामाङ, विष्णु मोक्तान, रमिला मोक्तान,रविन दोङ,विकास लामा,इंगीहोपो कोइँच सुनुवार, शीतल थोकर, विजय नेपाल, निर्मल साउद लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने
पुष ४, २०८१ बिहिबार
धर्मेन्द्र झाको मैथिली तांका संग्रह ‘व्योमक ओहि पार’ सार्वजनिक
कात्तिक ५, २०८१ सोमबार
आगामी भदौ १४ गतेदेखि छुनुमुनु नेपाल भारत बाल नाटक महोत्सव २०८१ हुने
भदौ १८, २०८१ मंगलबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्दै सरकार
पुष २३, २०८१ मंगलबार
खुम्बु क्षेत्रमा हेलिकप्टर उडान गर्न अनुमति
पुष २३, २०८१ मंगलबार
विदेशमा सिकेका सीप, श्रम र आर्जित पुँजीलाई स्वदेशमा परिचालन गरौं : मन्त्री भण्डारी
पुष २३, २०८१ मंगलबार
समाजवादी क्रान्तिका लागि केन्द्रीय समिति बैठक कोसेढुङ्गा सावित : अध्यक्ष प्रचण्ड
पुष २३, २०८१ मंगलबार
पूर्वसमूह खोज्नतिर होइन, भरभराउँदो आजको एमाले खोजौँ : अध्यक्ष ओली
पुष २३, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष लिङ्देनको भेट
पुष २३, २०८१ मंगलबार