थारू समुदाय लक्षित नीति बनाउने तयारीमा स्थानीय तह
नेपालबहस संवाददाता
माघ ११, २०८० बिहिबार १७:५९:४
११ माघ, तुलसीपुर 'दाङ' । जिल्लाका स्थानीय तहहरूले थारू समुदाय लक्षित नीति बनाएका छन् । राप्ती गाउँपालिकाले बडघर ऐन निर्माण गरेको छ । थारू समुदायको गाउँघरमा हुने कामलाई सामूहिकरूपमा गर्ने र न्यायिक कार्य पनि गर्ने गर्छन् । यससलाई बडघर भनिन्छ । यो एकताको प्रतीक भएकाले यसलाई कानुनी रूप दिन लागिएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए ।“एकता र सामूहिकतामा थारू समुदायको राम्रो अभ्यास छ”, उनले भने, “हामीले यसलाई प्रश्रय दिन ऐन बनाएरै कार्यान्वयनको चरणमा अघि बढेका छौँ ।”
साथै थारू समुदायले ‘महतवा’ चुन्ने गरेको गरेको र त्यो पनि सामूहिकताको एउटा प्रतीक रहेको उनको भनाइ थियो । त्यस्तै घोराही उपमहानगरपालिकाले पनि थारू समुदाय लक्षित नीति बनाएको छ । सो नीति बनाएर थारू समुदायका विद्यार्थीलाई मातृ भाषामा शिक्षा दिने तयारी गरेको छ ।
पालिकाका उपप्रमुख हुमा डिसीका अनुसार घोराही उपमहानगरपालिका वडा नं ३ स्थित रात्रि प्राविमा थारू भाषामा पढाइ सुरु गर्ने तयारी भइरहेको छ । त्यस्तै सबै वडामा थारू समुदायका लागि भुह्यारथान पनि निर्माण गरिएको छ । त्यसैगरी मुक्त कम्लरी र कमैयाको आयआर्जनका लागि बजेट पनि विनियोजन गरिएको उनको भनाइ थियो ।
दङ्गीशरण गाउँपालिकाले पनि थारू समुदायको संस्कार र संस्कृति संरक्षणका लागि नीति बनाउने तयारी गरेको छ । पालिका अध्यक्ष शम्भु गिरीले पछिल्लो समय युवापुस्ताले थारू कला, संस्कार, संस्कृति भुल्न थालेकाले त्यसलाई जोगाउन नीति बनाएर अगाडि बढ्ने बताए । आफूहरू पालिकामा आएपछि थारूको पहिचान जोगाउन विभिन्न कार्यक्रमसमेत गरिएको उनको भनाइ थियो ।
दाङ थारू बाहुल्य भएको जिल्ला हो । जहाँ दङ्गीशरण राजाले राज गरेका थिए । तुलसीपुर उपमहानगरपालिका वडा नं ११ सुकौरामा राज गरेको स्थानमा सङ्घीय सरकार तथा प्रदेश सरकारबाट रु करोड ५० लाख बजेट प्राप्त भएको छ । अहिले त्यहाँ भ्यूटावर र राजाको सालिक निर्माण गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्छ’
पुष १९, २०८१ शुक्रबार
मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन सचेतना अभियान
पुष १९, २०८१ शुक्रबार
लुम्बिनी प्रदेश निजामती सेवा ऐन पुनः पारित
पुष १७, २०८१ बुधबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार