कौण्डिन्य महासमाज मधेश अधिवेशनको अन्तिम तयारी पुरा, शनिबार सबैलाई उपस्थितिका लागि आह्वान
नेपालबहस संवाददाता
माघ १२, २०८० शुक्रबार १३:२८:२९
१२ माघ, काठमाडौं । कौण्डिन्य गोत्रीय महासमाजको मधेश प्रदेशको अधिवेशन माघ १३ गते बर्दिबासमा सम्पन्न हुने भएको छ । बर्दिबासको उद्योग बाणिज्य महासंघको कार्यक्रम हलमा प्रथम अधिवेशनमा मधेश प्रदेशका ८ वटै जिल्लाका कौण्डिन्य गोत्रीय बन्धुहरु आचार्य, न्यौपाने, पराजुली, सापकोटा, बाँस्कोटा, बन्जारा, लकाईँ खड्का, प्याकुरेल, गैरे, त्रिताल, पनेरुलगायतलाई निम्ता गरिएको मधेश प्रदेशका कौण्डिन्य गोत्रीय महासमाजका संयोजक सन्तोषहरी न्यौपानेले जानकारी दिएका छन् ।
केन्द्रीय उपाध्यक्ष बाबुराम आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न हुने उक्त कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष नारायण प्रसाद न्यौपाने, पराजुली समाज नेपालका केन्द्रीय अध्यक्ष विश्वम्भरकृष्ण पराजुली, महासचिव जयराम पराजुली, पूर्व सांसद शोभाकर पराजुली लगायतको विशिष्ट आतिथ्यता हुने महासमाजले जनाएको छ ।
बर्दिबासमा सम्पन्न हुने भनिएको महासमाजको कार्यक्रम बिहान १० बजे हुने, न्यौपाने, पराजुली र आचार्य समाजका समेत मधेश अधिवेशनसमेत हुने सम्बन्धित समाजले बताएका छन् ।
महासमाजले मधेश प्रदेशमा सम्पन्न हुन लागेको कौण्डिन्य गोत्रीय महासमाज अधिवेशनका लागि संयोजक सन्तोषहरी न्यौपाने, दिपेन्द्र पराजुली, मिमल आचार्यलाई सम्पर्क गर्न महाधिवेशन समितिसमेत बनाएको थियो । अधिवेशनको अन्तिम तयारी सम्पन्न भएको र उक्त अधिवेशनमा सकेसम्म सबैलाई उपस्थित भएर कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराउन सबैले आ–आफ्नो भूमिका खेल्न केन्द्रीय अध्यक्ष अर्जुन बन्जारा र महासचिव बिष्णु प्रसाद बाँस्कोटाले बताएका छन् । अध्यक्ष बन्जाराले उपाध्यक्ष र कोषाध्यक्षलाई अधिवेशन सम्पन्न गर्न प्रतिनिधि तोकिएको समेत जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्लाहीमा आगलागीः एउटै गाउँको ६५ भन्दा बढी घर जले
बैशाख २०, २०८१ बिहिबार
४२ डिग्रीको गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी
बैशाख २०, २०८१ बिहिबार
चालीस डिग्रीभन्दा बढी तापक्रम हुन थालेपछि मधेशको जनजीवन प्रभावित
बैशाख १९, २०८१ बुधबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार