लालमोहर लागेकासहित विभिन्न २२ प्रकारका दस्तावेजलाई राष्ट्रिय महत्वका कागजातमा सुचीकृत गरिने
नेपालबहस संवाददाता
माघ १२, २०८० शुक्रबार १७:११:३८
१२ माघ, काठमाडौं । विभिन्न २२ प्रकारका दस्तावेजलाई राष्ट्रिय महत्वका कागजातमा सूचीकृत गरिने भएको छ । यी विभिन्न २२ प्रकारका दस्तावेजलाई राष्ट्रिय महत्वका कागजातमा सूचीकृत गर्नेसहितको विधेयकको प्रतिवेदन प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा दफावार छलफलमा छ । समितिले यो विधेयकमाथि छलफल प्रारम्भ गरेको छ ।
शुक्रबारको छलफलमा भाग लिने सांसद र संशोधनकर्ताहरुले राष्ट्रिय महत्वका कागजातको अभिलेखका सन्दर्भमा सरकार गम्भीर हुनुपर्ने बताएका छन् । उनीहरूले नेपालको इतिहास देखिका विभिन्न दस्तावेजहरू नष्ट भएको वा संरक्षित नरहेको भनी कानुनद्वारा नै संरक्षित हुने अवस्थाको सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको ‘अभिलेख संरक्षण ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयक’ को प्रतिवेदनमा यस्तो कानुनी व्यवस्थाको प्रस्ताव गरिएको हो । प्रचलित ऐन २० ४६ को दफा २.१.१ मा कागजातको परिभाषा छ । प्रचलित व्यवस्था अपर्याप्त रहेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विधेयक ल्याएको हो ।
मन्त्रालयले गरेको प्रस्तावित विधेयकलाई परिमार्जन गर्दै राष्ट्रिय सभाले अनुसूची नै बनाएर २२ प्रकारका दस्तावेजलाई राष्ट्रिय महत्वका कागजातका रुपमा सूचीकृत गर्ने गरी विधेयक पारित गरेर प्रतिनिधि सभामा पठाएको हो । जहाँ राष्ट्रिय महत्वका कागजात के कस्ता हुन भन्ने उल्लेख गरिएको छ ।
यस्ता छन प्रस्ताव
१. नेपाल सरकार, मन्त्रिपरिषदको निर्णयको मूल प्रति,
२. संघीय संसदले पारित गरी प्रमाणीकरण भएका विधेयकका सक्कल प्रति,
३. नेपालको राजनीतिक परिवर्तन सम्बन्धी भए, गरेका निर्णय, सम्झौता आदिका सक्कल प्रति,
४. नेपालको संविधान र संविधान निर्माण सम्बन्धी दस्तावेजका सक्कल प्रति,
५. तत्काल कायम रहेको राष्ट्र प्रमुखको हैसियतमा काम गर्ने पदाधिकारीबाट हस्ताक्षर भएको कागजात,
६. लालमोहर लागेको कागजात,
७. विदेशी राष्ट्र, अन्तर्राष्ट्रिय संघ, संस्था वा अन्य विदेशी संघ, संस्थासँग भएको सन्धि÷सम्झौता र तत्सम्बन्धी लेखापढी भएका महत्वपूर्ण कागजात,
८. नेपालको समय÷समयको नक्सा,
९. देशको सिमाना सम्बन्धी लेखापढी भएका कागजात,
१०. नेपाल र विदेशी राष्ट्रका प्रतिनिधिहरूको संयुक्त विज्ञप्ति,
११. सम्बन्धित मन्त्रालयमा रहने मन्त्रिपरिषदको निर्णयको मूल प्रति,
१२. देशको शान्ति÷सुरक्षा सम्बन्धी महत्वपूर्ण कागजात,
१३. अमुद्रित ऐन, सवाल, सनद, खड्ग निशाना,
१४. चल वा अचल सम्पत्तिका हकदैया दर्शाउने कागजात,
१५. संघीय संसदका सदस्यको वैयक्तिक विवरण,
१६. नापी नक्साको कागजात,
१७. कर्मचारीको सिटरोल
१८. नेपाल सरकार वादी वा प्रतिबादी भएको वा नेपाल सरकारलाई सरोकार भएको मुद्दामा अधिकारप्राप्त अड्डा वा अदालतबाट भएको अन्तिम फैसला वा आदेश,
१९. कार्यालय प्रमुखले उचित सम्झेका अन्य कागजात,
२०. नागरिकता र नागरिकहरूको मुद्दा सम्बन्धी विषयमा विदेशी राष्ट्रसँग भएको लेखापढीका कागजात,
२१. विभिन्न आयोगका प्रतिवेदन,
२२. देशको ऐतिहासिक, सामाजिक, धार्मिक र सांस्कृतिक महत्वका हस्तलिखित ग्रन्थ तथा अभिलेख ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
थाङ्काबाट वार्षिक १५ लाख आम्दानी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार