के तपाईको हात र खुट्टामा झनझन हुन्छ ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
माघ १२, २०८० शुक्रबार १७:४१:३८
१२ माघ, काठमाडौं । के तपाईको हात र खुट्टामा झनझन हुन्छ ? यदि हुन्छ भने तपाईलाई भिटामिन ‘बी’ १२ को कमि भएको छ । यस्तो खालको समस्या भए तपाईले बुझ्नु पर्छ कि अब तपाईको स्वास्थ्यलाई भिटामिन ‘बी’ १२ आवश्यक परेको छ ।
स्वस्थ शरीरलाई विभिन्न भिटामिन तथा मिनरल्सको आवश्यकता पर्छ । भिटामिनको कमीले शरीर अस्वथ हुनुका साथै रोगले पनि सताउँछ । शरीरमा चाहिने भिटामिनमध्ये भिटामिन ‘बी’ १२ पनि एक आवश्यक पर्ने भिटामिन हो ।
यसको कमीले शरीरमा शारिरीक मात्र नभई मानसिक रुपमा नै व्यक्ति अस्वस्थ हुन्छ । भिटामिन ‘बी’ १२ को कमीले स्नायु कमजोर हुन्छ भने अत्यधिक थकान र कमजोरी महसुस हुन्छ ।
कसरी पुरा गर्ने ?
शरीरमा भिटामिन ‘बी’ १२ को कमी पुरा गर्ने प्रमुख स्रोत माछामासु हो । माछामासुमा यो भिटामिन प्रशस्त्र पाइन्छन् । यसबाहेक अन्य डेरी उत्पादनहरुले पनि यसको कमी पुरा गर्न सकिन्छ । यसको लागि दही पनि एक राम्रो स्रोत हो । दहीमा प्रोबायोटिक र भिटामिन बी १२ प्रचुर मात्रामा पाइन्छ ।
यसै गरी, लो फ्याट दूधले पनि भिटामिन ‘बी’ १२ को कमीलाई पुरा गर्छ । अर्को भिटामिन ‘बी’ १२ को पाइने स्रोत अण्डा हो । अण्डामा प्रोटिन र भिटामिन प्रशस्त्र पाइन्छ ।
जसले शरीर स्वस्थ राख्छ । खासगरी अण्डाको सेतो भागमा भन्दा पनि यसको पहेलो भाग स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । डेयरी उत्पादनहरूमा भिटामिन बी १२ को राम्रो स्रोत हो । चिज तथा पनिरको सेवन बढाएर पनि शरीरमा भिटामिन बी १२ पूरा गर्न सक्नुहन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुन ग्रहले गरीब बनाउँछ, यसबाट बच्न के उपाय अपनाउनु पर्छ?
साउन ११, २०८१ शुक्रबार
डिप्रेसनका कारण हरेक वर्ष विश्वभर ७० लाख मानिसको आत्महत्या !
साउन १०, २०८१ बिहिबार
दिनमा १४ घण्टा काम गर्दा स्वास्थ्यमा कस्तो असर पर्छ ?
साउन १०, २०८१ बिहिबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार
एयरलाइन्सका पाइलट जीवित, चारजनाको शव निकालियो
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
साउन ११, २०८१ शुक्रबार
आफूमाथि बलात्कार नभएको भन्दै सन्दीपविरुद्ध मुद्दा अगाडि नबढाउन गौशाला–२६ ले दिइन निवेदन
साउन ११, २०८१ शुक्रबार
यस वर्षको मौद्रिक नीति पारित, घरजग्गा र शेयरबजार नीति लचिलो हुनेमा आशावादी
साउन ११, २०८१ शुक्रबार
कुन ग्रहले गरीब बनाउँछ, यसबाट बच्न के उपाय अपनाउनु पर्छ?
साउन ११, २०८१ शुक्रबार
आजदेखि भेडेटारमा स्काइ टावर सञ्चालनमा
साउन ११, २०८१ शुक्रबार
ओलम्पिकको संदिध षड्यन्त्रमा रुसीको गिरफ्तारीबारे जानकारी नभएको क्रेमलिनको भनाइ
साउन ११, २०८१ शुक्रबार
दैलेखमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरीको मृत्यु
साउन ११, २०८१ शुक्रबार
अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टनभन्दा बढी खाना खेर फाल्छन्
साउन ११, २०८१ शुक्रबार
हैजा रोकथामका लागि द्रुत प्रतिकार्य टोली परिचालन
साउन ११, २०८१ शुक्रबार