रामायणमा बिभिषणको भुमिकामा बिजय सेतुपतीको इन्ट्री !
नेपालबहस संवाददाता
माघ १३, २०८० शनिबार १६:४१:३७
१३ माघ, मुम्बइ । साउथ इन्डस्ट्री पछि विजय सेतुपति अब बलिउडमा पनि आफ्नो छाप छोड्दैछन् । हालै उनी कट्रिना कैफसँग फिल्म मेरी क्रिसमसमा देखिएका थिए । यस फिल्ममा उनको कट्रिनासँगको केमेस्ट्रीलाई पनि निकै मन पराइएको थियो ।
योसँगै यो फिल्मले दर्शक र समीक्षकबाट पनि राम्रो प्रतिक्रिया पाएका थियो । यसैबीच, विजय सेतुपतिको किट्टीमा अर्को फिल्ममा नजर हुने देखिएको छ ।
भारतीय सञ्चारमाध्यमका दावी अनुसार विजय सेतुपति अब रणवीर कपूरसँग फिल्म रामायणमा देखिने छन्। यो फिल्मको लामो समयदेखि चर्चा भइरहेको छ । चलचित्रको कास्टिङ पनि तिब्र रुपमा भैरहेको छ । केही क्यारेक्टरका लागि कलाकार पनि छनोट भएका छन् । योसँगै अब फिल्ममा विजय सेतुपतिलाई पनि लिने चर्चा बाहिर भएको छ । समाचार अनुसार फिल्ममा विभिषणको भूमिकाका लागि उनलाई छनोट गरिएको छ ।
पिंकभिल्लाको नजिकको स्रोतका अनुसार नितिश तिवारीले विजय सेतुपतिलाई भेटेर स्क्रिप्टको बारेमा छलफल गरेका छन्। यति मात्र होइन, विजयले यो फिल्ममा पनि चासो देखाएका छन् । तर, कलाकारले अहिलेसम्म फिल्म साइन गरेका छैनन् र केही विषयमा टोलीसँग कुराकानी भइरहेको छ ।
रामायणका लागि स्वीकृत भएका कलाकार
रामायणका अन्य पात्रहरूको कुरा गर्दा रणवीर कपूर भगवान श्रीरामको भूमिकामा देखिनेछन् । यससँगै साई पल्लवी आमा सीताको भूमिकामा देखिने भएकी छिन् । यसबाहेक रावणको भूमिकाका लागि यश छनोट भएका छन् ।
यी तीन जनाको नाम टुंगो लागेको छ । तर हनुमानको भूमिकाका लागि सनी देओलसँग कुराकानी भइरहेको छ । यसैबीच यस स्टार कास्टको सूचीमा विजय सेतुपतिको नाम पनि थपिएको हो । अब विजयले फिल्म साइन गर्ने कि गर्दैनन् त्यो हेर्न बाँकी छ ।
कहिले रिलिज हुन्छ रामायण ?
यो फिल्मलाई नितिश तिवारी र नमित मल्होत्राले निर्माण गर्नेछन् । यो फिल्म अर्को वर्ष अर्थात् २०२५ मा दीपावलीको अवसरमा रिलिज हुनेछ । रिपोर्टका अनुसार फिल्मको प्रि–प्रोडक्सनको काम पनि सुरु भइसकेको छ र यो वर्षको मार्च महिनाबाट फिल्म फ्लोरमा जानेछ । योसँगै मार्चमा सबै स्टारकास्ट लिएर फिल्मको छायांकन सुरु हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबलिउड फिल्म रामायणको तयारी तीब्र, दुई भागमा बन्ने
जेठ ८, २०८१ मंगलबार
विक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
उपप्रधानमन्त्री रघुवीर महासेठको सम्पत्ति दुई वटा घरसहित २ करोड नगद, ४३ तोला सुन
जेठ ८, २०८१ मंगलबार
मन्त्रिपरिषदका कुन सदस्यको कति सम्पति ?
जेठ ८, २०८१ मंगलबार
काठमाडौंका एक लाख २५ हजार बालबालिकालाई ‘आईपीभी’ खोप लगाइने
जेठ ८, २०८१ मंगलबार
गण्डकीको सरुवा रोग अस्पताल भवन निर्माण सुस्त
जेठ ८, २०८१ मंगलबार
राष्ट्रपति रायसीको अन्त्येष्टि समारोह सुरु
जेठ ८, २०८१ मंगलबार