अब मोबाइल एपमा स्वस्थानी पढ्न एवं सुन्न सकिने, यी हुन् एप
नेपालबहस संवाददाता
माघ १३, २०८० शनिबार १६:४७:१
१३ माघ, काठमाडौं । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ।
पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर स्वस्थानी व्रत र माघ स्नानको सुरु हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ। बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ।
प्रविधिको विकाससँगै हाल मोबाइल एपमा समेत स्वस्थानी पढ्न एवं सुन्न सकिने सुविधा आएको छ । यसरी डिजिटल माध्यममा स्वस्थानी आएपछि मानिसहरूले मोबाइलमा राखेर आफूले पायक पर्ने समयमा पढ्न र सुन्न सकिन्छ । यहाँ आज मोबाइलमै स्वस्थानी पढ्न सकिने कही मोबाइल एपको बारेमा जानकारी दिइन्छ । तल दिइएका एप आफ्नो मोबाइलमा डाउनलोड गरेर मोबाइलमै स्वस्थानी पढ्न सकिन्छ ।
श्री स्वस्थानी व्रत कथा
यस एपमा स्वस्थानीका प्रत्येक अध्यायलाई छुट्टा छुट्टै समावेश गरिएको छ । पहिला सुरु हुने पुष्पाञ्जली तथा अन्त्यको आरतीलाई छुट्टा छुट्टै रूपमा पढ्न सकिन्छ । सन् २०१९ मा प्ले स्टोरमा अपलोड भएको यस एपलाई हालसम्म ५ हजार भन्दा धेरैले डाउनलोड गरेका छन् । ५ एमबी स्पेस रहेको हुँदा थोरै स्टोरमा तथा मोबाइलमा स्टोरेज कमी भएकाहरूलाई समेत यो एप निकै उपयोगी हुन पुग्नेछ । एन्ड्रोइड ४।३ भन्दा माथिको डिभाइसले सपोर्ट गर्ने हुँदा यसलाई पुरानो डिभाइसले समेत सपोर्ट गर्छ । यस एपलाई मोबाइलमा पढ्न सजिलो हुने गरि डिजाइन गरिएको छ। यसलाई आफ्नो मोबाइलमा डाउनलोड गर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।
स्वस्थानी व्रत कथा नेपाली
स्वस्थानी व्रत कथा नेपाली एपमा पनि तपाईं श्री स्वस्थानी व्रतकथा पढ्न सक्नुहुन्छ । यसमा स्वस्थानीको अध्यायलाई फोटो खिचेर राखिएको छ । अध्याय अध्याय छुट्याएर राखेको यसको साइज भने ९ एमबीको रहेको छ । करिब १ हजार पटक डाउनलोड गरिएको यस एपमा २९ रिभ्यु दिइएको छ । ४।१ भन्दा माथिका एन्ड्रोइड प्रयोगकर्ताले यो एप सजिलै डाउनलोड गर्न सकिन्छ । यस एप डाउनलोड गर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।
श्री स्वस्थानी व्रत कथा
स्वस्थानी व्रत कथा मोबाइलमा पढ्न अर्को एपमा यो पनि एक विकल्प हुन सक्छ । एन्ड्रोइड भर्सन ५ भन्दा माथी रहेको छ । यसको अन्य साइज अन्य दुईको तुलनामा भने निकै ठूलो रहेको हुँदा स्टोरेज कमी भएको मोबाइलमा भने समस्या हुन सक्छ । यसलाई १० हजार भन्दा धेरैले डाउनलोड गरेका छन् । ४.४ समग्र रिभ्यु आएको छ । यस एप डाउनलोड गर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल आइपुगिन् चर्चित कथावाचिका देवी प्रतीभा
पुष २९, २०८१ सोमबार
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पुष २९, २०८१ सोमबार
पौष शुक्ल पूर्णिमा : एक महिने माधवनारायण व्रत, शालिनदी मेला सुरू
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
तीव्र बन्दै गएको आगो निभाउन अमेरिकाले खटायो कैदी, राम्रो गर्नेलाई १० डलरसम्म तलब
पुष २९, २०८१ सोमबार
माघ महिनाका लागि १७ वटा बैंकको मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत
पुष २९, २०८१ सोमबार
लस एन्जलस आगलागी : विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने
पुष २९, २०८१ सोमबार
पाथीभराबाट देखिएको हिमश्रृङ्खला
पुष २९, २०८१ सोमबार