अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसमा मुटु परीक्षण
नेपालबहस संवाददाता
माघ १४, २०८० आइतबार १२:४०:३६
१४ माघ, काठमाडौं । पहिलो अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका सन्दर्भमा नवीकरणीय ऊर्जा परिसङ्घ नेपालले यहाँ मुटु जाँचसम्बन्धी वृहत् शिविर तथा स्वास्थ्य सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । ‘आरई सेक्टर हेल्थ चेकअप एन्ड अर्वानेस प्रोग्राम’अन्तर्गत परिसङ्घले नेसनल कार्डियाक सेन्टरसँगको सहकार्यमा सो कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल र उनको टिमबाट झण्डै सय जनाको मुटु जाँँच गरिएको थियो । डा. अनिलले मुटुरोगको जोखिम, यसको न्यूनीकरणका निम्ति अपनाउनुपर्ने सावधानीका विषयमा सहभागीहरूलाई उच्च रक्तचापलाई हेल्चेक्राई गर्ने, नियमित औषधि सेवनलाई अनावश्यक बोझका रूपमा लिने र स्वास्थ्यकर्मीसँग परामर्श लिनुको साटो वैकल्पिक उपाय अपनाउने प्रवृत्ति त्याग्न आग्रह गरे ।
अव्यवस्थित जीवनशैली, अस्वस्थकर खानपान, शारीरिक गतिविधिमा निस्कृष्यता, प्रदूषित वातावरण, तनाव, स्वास्थ्य चेतनामा कम चासोलगायतका कारणले नेपालमा मुटुरोगको जोखिम बढ्दै गएको जानकारी दिँदै त्यसतर्फ सचेतना अपनाउन सुझाव दिनुभयो । उनले पछिल्लो समय युवाहरुमा मुटुरोगको जोखिम बढ्दै गएकाले समयमै नियमित स्वास्थ्य जाँच र जीवनशैलीमा सुधार ल्याउनुपर्नेमा जोड दिए । डा. अनिलले स्वच्छ ऊर्जाको प्रयोग बढाउन सकिएमा स्वास्थ्य जोखिम कम गर्न सकिने भएकाले नवीकरणीय ऊर्जा उद्यमीहरूलाई पनि यसतर्फ ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा परिसङ्घका अध्यक्ष गुणराज ढकालले मुटुरोगको जोखिम घटाउन स्वच्छ ऊर्जाको पनि भूमिका रहेको हुँदा पहिलो अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका सन्दर्भमा मुटु जाँचका कार्यक्रम राखिएको जानकारी दिए । सो अवसरमा नवीकरणीय ऊर्जा क्षेत्रका व्यावसायिक सङ्गठनहरू नेपाल सौर्य विद्युत उत्पादक सङ्घ, नेपाल लघु जलविद्युत् विकास संस्था, नेपाल बायोग्यास प्रवद्र्धन सङ्घ, जल तथा ऊर्जा परामर्शदाता सङ्घनेपाल, ग्रामीण प्रविधि उत्पादक सङ्घ नेपाल, नेपाल सौर्य ताप ऊर्जा सङ्घ, जैविक ऊर्जा व्यवसायी सङ्घनेपाल र वायोग्यास सेक्टर पार्टनसिप नेपाललगायतका सङ्घसंस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
अनसनरत व्यक्तिहरुको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आग्रह
बैशाख २४, २०८१ सोमबार
सेनवंशी राजाले प्रयोग गरेको तोप संरक्षणको पर्खाइमा
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार