सरकारी वकिललाई अपुरो प्रतिवेदन बुझाउँदै प्रहरी
नेपालबहस संवाददाता
माघ १४, २०८० आइतबार १५:४५:४१
१४ माघ, काठमाडौं । प्रहरीले भिजिट भिसा प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ । अनुसन्धान सुरु गरेको ५७ दिन हुँदैछ । भरसक आइतबार प्रतिवेदनलाई अन्तिम रुप दिएर प्रतिवेदन बुझाउने तयारीमा प्रहरी छ ।
भिजिट भिसा सेटिङको आरोप लागेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका ८ जना अधिकृतलाई भने प्रहरीले समाउन सकेको छैन । उनीहरू विरुद्ध अदालतबाट पक्राउ पुजी जारी भइसकेको छ ।
अनुसन्धानको म्याद सकिन लागेकाले प्रहरीले पक्राउ पुर्जी जारी भएकालाई फरार सूचीमा राखेर प्रतिवेदन बुझाउने भएको छ । प्रहरीले अध्यागमन अधिकृत नरवीर खड्कालाई पक्राउ गरेर यस प्रकरणको अनुसन्धान थालेको थियो । खड्काको बयानलाई आधार बनाएर अन्य ७ जना विरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको हो । भिजिट भिसाको सेटिङमा संलग्न रहेको आरोपमा अध्यागमनका ९ जना अधिकृतविरुद्ध मुद्दा चलाउने राय प्रहरीले दिएको छ ।
यसअघि अध्यागमनमा कार्यरत रहेका अधिकृतहरू कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल र सुजन फागोलाई प्रहरीले समाउन सकेको छैन् । उनीहरू हाल कहाँ कहाँ कार्यरत भनेर खोज्ने काम भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले भिजिट भिसाको सेटिङमा संलग्न १० जनालाई पक्राउ गरेको छ । प्रहरीसँग प्रतिवेदन बुझाउन म्याद अब तीन दिन बाँकी छ ।
यहि विषयमा शुक्रबार अध्यागमन कुटपिटको घटना पनि भएको छ । कर्मचारीले प्रहरीको गल्ती देखाएका छन भने प्रहरीले कर्मचारीकाे गल्ती देखाएका छन् । विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुनचन्द ठुकरीले प्रहरीलाई हेप्दै मोक्तानले नै पहिले मुख र हात छाडेको दाबी गरेका छन् । कर्मचारीहरूले भिजिट भिसा सेटिङमा दैनिक १ करोडसम्म उठाउने गरेको प्रहरीको दाबी छ ।
अनुसन्धानमा अध्यागमनका कर्मचारीले युवायुवतीसँग पैसा लिएर भिजिट भिसामार्फत विदेश पठाउने गरेको तथ्य फेला परेको थियो । त्यसमा संलग्न केही अधिकृतमाथि मुद्दा दर्ता भएर पक्राउ पुर्जीसमेत जारी भइसकेको छ । त्यसपछि प्रहरीले अध्यागमनका कर्मचारीमाथि निगरानी बढाउन थालेको हो ।
कर्मचारीले पुस १८ गते काम रोकेर गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै प्रहरीले अनावश्यक रूपमा दुःख दिएको गुनासो गरेका थिए । त्यसपछि माघ ९ मा गृह मन्त्रालयले भिजिट भिसामा विदेश प्रस्थान गर्ने नीतिलाई लचिलो बनाउँदै नयाँ कार्यविधि जारी गरेको छ । यसअघि २०७८ चैत २६ गते सचिवस्तरको निर्णय खारेज गरी गृहमन्त्री श्रेष्ठले कार्यविधि जारी गरेका हुन् । पुरानो कार्यविधिमा भिजिट भिसामा विदेश जाने प्रावधानमा कडाइ गर्दा पैसाको चलखेल हुने गरेको गुनासो आएको थियो ।
नक्कली कागजात बनाएर भिजिट भिसामा हुने मानव तस्करीमा संलग्न भएको आरोप लागेका अध्यागमन विभागका ७ जना कर्मचारी नै डेढ महिनादेखि फरार छन् । उनीहरूलाई प्रतिवेदनमा फरार भएको देखाइएको छ ।
अध्यागमनका अधिकृत नरवीर खड्का पक्राउ परेपछि बाँकी ७ जना अध्यागमनका कर्मचारी फरार भएका खुलेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अध्यागमन अधिकृत नरवीर खड्कालाई मंसिर २६ गते घुस लिँदै गरेको बेला रंगेहात पक्राउ गरेको थियो। भिजिट भिसामा सेटिङ मिलाए बापत लिएको २ लाख रूपैयाँ लिँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल सरकारको साझेदारीमा सुरु आयोजनाका लागि पौने ७ अर्ब थप्ने एमसीसी बोर्डको निर्णय
पुष १९, २०८१ शुक्रबार
बाह्र निर्माण कम्पनी कालोसूचीमा
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
सुदूरपश्चिमका स्थानीय तहका प्रमुख र प्रदेश सरकारबीच अन्तरक्रिया
पुष १९, २०८१ शुक्रबार
घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने
पुष १९, २०८१ शुक्रबार
‘स्वास्थ्य बिमा रकम पाँच लाख पुर्याउन स्रोत खोज्दै’
पुष १९, २०८१ शुक्रबार
ताजा रगत खोज्न ‘ब्लड फर मी’ ‘मोबाइल एप्स’ सार्वजनिक
पुष १९, २०८१ शुक्रबार
विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी
पुष १९, २०८१ शुक्रबार
विराटनगरका मेयर नागेश कोइराला प्रवृत्ति : ‘सिङ नभएको तिखे गोरु’
पुष १९, २०८१ शुक्रबार