दुईजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा
नेपालबहस संवाददाता
माघ १४, २०८० आइतबार १६:२४:६
१४ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिपुरेश्वरस्थित राहदानी विभागको परिचयपत्र शाखामा करारमा कार्यरत तत्कालीन कम्प्युटर इन्जिनियर प्रदीप भट्टराईसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सेवाग्राहीबाट घुस लिई भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । राष्ट्रिय परिचयपत्र सहजीकरणका निम्ति राहदानी विभागमा खटाइएका भट्टराईले सेवाग्राहीलाई राहदानी बनाइदिने भन्दै रकम लिएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो ।
भट्टराईले नियमित तरिकाबाट प्राप्त हुने राहदानीका लागि सेवाग्राहीसँग ३४ हजार रुपैयाँ घुस लिएको अनुसन्धानका क्रममा खुलेको थियो । सुमी धामी भनिने सुमित्रा सापकोटाले भट्टराईलाई घुस लिने कसुरजन्य कार्य गर्न दुरुत्साहन गरेको पुष्टि भएकाले उनीविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार