रणवीर कपुरले खुलासा गरे एनिमलको सिक्वेल ‘एनिमल पार्क’को नयाँ कुरा

नेपालबहस संवाददाता
माघ १५, २०८० सोमबार ९:४१:१३

१५ माघ, मुम्बइ । बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वभर ९१५ करोडभन्दा बढी कमाई गरेपछि एनिमलको दोस्रो भाग पनि चाँडै आउँदैछ ।
सन्दीप रेड्डी वांगाको यो फिल्ममा रणवीर कपूर मुख्य भूमिकामा थिए । यो फिल्मको स्ट्रिमिङ जनवरी २६ बाट नेटफ्लिक्समा सुरु भइसकेको छ ।
फ्यानहरु यो फिल्मको सिक्वेलको प्रतिक्षामा छन् । यस फिल्मको सिक्वेल शीर्षक एनिमल पार्क रहेको बताइएको छ । यस प्रोजेक्टको बारेमा रणवीर आफैंले केही रोचक अपडेट सेयर गरेका छन् ।
नेटफ्लिक्स इन्डियाका लागि स्ट्यान्ड अप कमेडियन अनुभव सिंह बस्सीसँगको कुराकानीमा रणवीरले एनिमलको निर्माणको क्रममा पनि धेरैलाई कथाबारे पूर्ण जानकारी नभएको खुलासा गरेका छन् ।
रणवीरले भने, ‘बबी देओल सरलाई कथाको बारेमा कुनै जानकारी थिएन। अनिल कपुर सरलाई बाबु छोराको कथा थाहा थियो। तर त्यहाँ धेरै पक्षहरू थिए जहाँ सन्दीप आफ्नो स्क्रिप्टको बारेमा धेरै गोप्य राखेका थिए। एनिमल उनी सँग एउटा पार्कको बारेमा दुई दृश्यहरू तयार छन्, जुन उनले मलाई सुनाएका थिए र उनी धेरै उत्साहित छन्।’
‘अब भाग एकको सफलताको कारण उनीहरूमा गहिरो, गाढा र थप जटिल हुने आत्मविश्वास छ,’ उनले भने । सोही कुराकानीका क्रममा रणवीर कपुरले पनि फिल्मले नकारात्मक प्रतिक्रिया पाए पनि यसले समाजमा ‘स्वस्थ’ कुराकानीको जन्म गराएको बताएका छन ।
रणवीरले भने, ‘विषाक्त पुरुषत्वको बारेमा पनि एकदमै स्वस्थ कुराकानी सुरु भएको छ, जुन राम्रो कुरा हो किनभने सिनेमाले कम्तिमा पनि यो वार्तालाप सुरु गरिरहेको छ। यदि केहि गलत छ भने त्यो गलत हो भनेर देखाउनु हुन्न । र, कुराकानी सुरु नभएसम्म समाजमा हामीले यो कहिल्यै महसुस गर्दैनौं।’
उनले भने, ‘त्यसैले हामीले खेलेका भूमिका पात्र हुन् । यो धेरै महत्त्वपूर्ण छ कि अभिनेताको रूपमा हामीले उनीहरूप्रति सहानुभूति राख्छौं किनभने हामीले यो चरित्र खेल्नुपर्छ। एक दर्शकको रूपमा तपाईंले के गलत हो निर्णय गर्नुपर्छ। तपाईंले गलत व्यक्तिमाथि फिल्म बनाउन सक्नुहुन्छ र गर्नुपर्छ किनभने यिनीहरू माथि चलचित्र नबनाएमा समाज कहिल्यै सुध्रने छैन।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओस्कर विजेता अमेरिकी अभिनेता ह्याकम्यान श्रीमतीसहित मृत फेला
फागुन १५, २०८१ बिहिबार
रश्मिका मन्दनाका तीन फिल्मले कमायो तीन हजार एक सय ६५ करोड
फागुन १४, २०८१ बुधबार
विक्की कौशलको पाँच सय करोड कमाउने पहिलो फिल्म बन्यो 'छावा'
फागुन १४, २०८१ बुधबार
युएसएआईडीका कामदारहरूलाई आफ्नो कार्यस्थल दुई दिन भित्र खाली गर्न ट्रम्प प्रशासनको निर्देशन
फागुन १५, २०८१ बिहिबार
त्रिभुवन विमानस्थलबाट ३ केजी ७७५ ग्राम सुनसहित चार जना विदेशी नागरिक पक्राउ
फागुन १५, २०८१ बिहिबार
चितवनमा ‘बेबी कर्न’ को जातिय परीक्षण सुरु
फागुन १५, २०८१ बिहिबार
दिल्ली क्यापिटल्सको मेन्टर बने केभिन पिटरसन
फागुन १५, २०८१ बिहिबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप पछि साम्बा र रेखा आ-आफ्नो क्लबमा फर्किए
फागुन १५, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य सडक अब चाँगुनारायणले आफैँ निर्माण गर्ने
फागुन १५, २०८१ बिहिबार
सुक्खा पहिरोमा परी काभ्रेमा एक जनाको मृत्यु
फागुन १५, २०८१ बिहिबार