भरतपुरको लोहनी एण्ड ब्रदर्शसहित २२ वटा निर्माण कम्पनी कालोसूचीमा
नेपालबहस संवाददाता
माघ १५, २०८० सोमबार १०:५५:३७
१५ माघ, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन राम्रो नभएका २२ निर्माण व्यवसायीहरुलाई कालोसूचीमा राखेको हो । ती निर्माण व्यवसायीहरु ३ देखि १ वर्ष अवधिका लागि कालोसूचीमा परेका छन् ।
तीन वर्ष कालोसूचीमा परेका निर्माण व्यवसायीहरुमा पद्माकुमारी शाही मुख्य व्यक्ति भएको शर्मिला निर्माण सेवा, सान्नी त्रिवेणी–८ कालिकोट र ओम गौरीशंकर इन्फास्ट्रक्चर प्रालि कीर्तिपुर छन् । ओम गौरीशंकरको मुख्य व्यक्ति मीनबहादुर भण्डारी छन् ।
सडक डिभिजन दमौलीको सिफारिसमा सुरेन्द्रराज रिजाल मुख्य व्यक्ति भएको देवी रमण कन्स्ट्रक्सन कम्पनीलाई साढे २ वर्ष कालोसूचीमा राखिएको छ । सडक डिभिजन दमौलीकै सिफारिसमा खड्गदेवी कन्स्ट्रक्स बन्दीपुरलाई दुई वर्ष कालोसूचीमा राखिएको छ । यसको मुख्य व्यक्ति डिलबहादुर गुरुङ छन् ।
यसैगरी दीपक गौतम मुख्य व्यक्ति भएको गजुरमुखी निर्माण कम्पनी, इलाम, राजाबहादुर झा मुख्य व्यक्ति भएको नव निर्माण बिल्डर्स प्रालि, जनकपुर, स्वप्निल पौडेल मुख्य व्यक्ति भएको एस.बि.एम. इन्जिनियरिङ एसोसियट्स, काठमाडौं दुई वर्षका लागि कालोसूचीमा परेका छन् ।
कालोसूचीमा परेकाहरु कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् । कालोसूचीमा परेकाहरुमा लोहनी एण्ड ब्रदर्श प्रालि भरतपुर ७ चितवन लगायत छन् । खोपनिधि लोहनी, शंकर प्रसाद लोहनी र लेखनिधि लोहनी मुख्य व्यक्ति भएको यो कम्पनी तीन वर्षका लागि कालोसूचीमा परेको छ ।
यो कम्पनीलाई सडक डिभिजन कार्यालय भरतपुरले कालोसूचीमा राख्न सिफारिस गरेको थियो । यसैगरी कर्णबहादुर खड्का मुख्य व्यक्ति भएको जेके बिल्डर्स, कोहलपुर–११ बाँके पनि तीन वर्षका लागि कालोसूचीमा परेको छ । यो कम्पनीलाई कालोसूचीमा राख्न आन्तरिक मामिला तथा कानुन मन्त्रालय धनगढीले सिफारिस गरेको थियो ।
कार्यालय अन्तरगतको सार्जवनिक खरिद कार्यालय ताहाचलले सूचना प्रकाशित गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी ती कम्पनीहरूलाई कालोसूचीमा राखिएको हो ।
सूचीमा समावेश मध्ये चार कम्पनीलाई तीन वर्ष, एक दुई वर्ष, चार दुई वर्ष र पाँच वटा डेढ वर्षका लाग कालोसूचीमा रहने सूचनामा उल्लेख छ । यस्तै ८ वटा कम्पनी १ वर्षका लागि कालोसूचीमा रहनेछन् ।
यी हुन कालोसूचीमा परेका कम्पनीहरू
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण
पुष २७, २०८१ शनिबार
काठमाडौंको टुँडिखेलमा थारू समुदायले दुई दिन माघी महोत्सव मनाउने
पुष २७, २०८१ शनिबार
पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छ : स्वास्थ्यमन्त्री पौडेल
पुष २७, २०८१ शनिबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार