अध्यागमनका कर्मचारी बचाउने उच्च तहको प्रयासबीच २२ जनाविरुद्ध मुद्दा चलाउन प्रहरीको सिफारिस
नेपालबहस संवाददाता
माघ १५, २०८० सोमबार ११:४९:५
१५ माघ, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले अध्यागमन कार्यालयका कर्मचारीलाई बचाउने गरी संगठित रूपमा भएको भिजिट भिसासम्बन्धी अनुसन्धान पूरा गरी रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । प्रहरीले अध्यागमनका ९ जना कर्मचारीसहित २२ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको छ ।
फरारमध्ये आठ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, कार्यालयका अध्यागमन अधिकृत छन् । उनीहरू विभिन्न पहुँचका आधारमा पक्राउ परेका छैनन् । कर्मचारी संगठनहरुले पनि उनीहरूलाई पक्राउ गरेर मुद्दा चलाइए आन्दोलनमा जाने धम्की दिएका छन् । विभिन्न राजनीतिक दलका नेताको दवावले गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि भित्री रुपमा अध्यागमनका कर्मचारीलाई नसमाउन प्रहरीलाई निर्देशन दिएको बुझिएको छ ।
यो प्रकरणमा प्रहरीले १० जनालाई पक्राउ गरेपनि १२ जना अझै फरार छन् । उनीहरूलाई प्रतिवादीका रूपमा मुद्दा दायर गर्न सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यस प्रकरणमा दुई महिनाअघि प्रारम्भिक छानबिन गरी विस्तृत अनुसन्धानका लागि परिसरमा बुझाएको थियो ।
अनुसन्धानको क्रममा कर्मचारीलाई प्रतिवादी नबनाउन प्रहरीमाथि दबाब र प्रभाव थियो । गृह मन्त्रालयमा अध्यागमनका अधिकारीलाई नै राखेर प्रहरीले ब्रिफिङ गरेपछि अनुसन्धान अघि बढेको हो । त्यस विरुद्ध कर्मचारीले भने कामसमेत रोकेर विरोध गर्दै आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही दिनयता बढेको प्रहरी र अध्यागमन टकरावको एउटा कारण पनि यही भएको प्रहरीको अनुमान छ ।
प्रहरीले प्रतिवादी बनाउन सिफारिस गरे पनि सरकारी वकिलमार्फत कर्मचारीलाई जोगाउन अझै प्रयास जारी छ । आइतबार सिंहदरबारमा विभिन्न कर्मचारी संगठनका अधिकारी र गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच भएको छलफलमा कर्मचारीले अध्यागमनका कर्मचारीलाई मुद्दा लगाउने काम भए देशभरका अध्यागमन कार्यालय बन्द हुने चेतावनी दिएका थिए ।
अध्यागमनका अधिकृतमाथि प्रहरीले हातपात गरेको भनेर घटना देखाइएपनि कर्मचारी संगठनले अध्यागमनका कर्मचारीलाई भिजिट भिसा प्रकरणमा मुद्दा चलाउन नपाउने माग गरेका छन् । आइतबार गृहमन्त्रीकै निर्देशनमा अ विमानस्थलमा कार्यरत दुई प्रहरी सरुवा गरिएको बताइएको छ । प्रहरीले अनुसन्धान पुरा गरेको जनाएपनि फितलो प्रतिवेदन बुझाएको छ । अब सरकारी वकिलको कार्यालयमार्फत दोषी भनिएका अध्यागमनका कर्मचारीलाई बचाउने प्रयास हुनेछ ।
फरारमध्ये आठ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, कार्यालयका अध्यागमन अधिकृत छन् । उनीहरू काठमाडौंमा रहेपनि प्रहरीले पक्राउ गरेको छैन् । प्रहरीले ती कर्मचारी कहाँ छन भनेर खोज्ने काम भइरहेको जनाएको छ । सामान्य प्रशासन मन्त्रालयले कर्मचारी नदेखाएको भन्दै प्रहरीले उनीहरूलाई पक्राउन नगरेको हो ।
प्रहरीले अध्यागमन अधिकृत नरवीर खड्का र अन्य नौ बिचौलियालाई पक्राउ गरेर उनीहरु बीचबाटै अनुसन्धान टुंग्याएकाे छ । बिचौलियाको काम गर्ने दिनेश ज्ञवाली, रविन अर्याल, विनोद कार्की, गीता शाह, अरुण दाहाल, सरोजकुमार यादव, पदम लामा, मनोज लामा, रामप्रसाद भण्डारी हाल प्रहरी थुनामा छन् ।
अध्यागमन अधिकृतहरू ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागो फरार छन् । ९ माघमा अदालतले उनीहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ परेका उपर अनुसन्धान पूरा गरी लिखत किर्ते तथा संगठित अपराधको कसुरमा मुद्दा चलाउन सिफारिस गरिएको प्रहरीले जनाएको छ ।
यसै गरी सिनामंगलको बाल्टिन इन होटेलका सञ्चालक केदारबहादुर खड्का पनि गिरोहमा संलग्न रहेको खुलेको छ । बाराकी कौशिला मगर, सोलुखुम्बुकी लक्ष्मी राई, सिन्धुलीकी रीता दमाईँविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेकोमा उनीहरू फरार छन् ।
थुनामा रहेका अधिकृत खड्काको बयान र उनको मोबाइल परीक्षणबाट थप व्यक्तिको संलग्नता खुलेको हो । सुरुमा आफूलाई अधिकृत ताराबहादुर कुँवरले सेटिङ गिरोहसँग आबद्ध गराइदिएको र सबै कर्मचारी मिलेरै सेटिङ चल्दै आएको उनले बयान दिएको प्रहरीको भनाइ छ । प्रहरीले खड्कालाई दुई लाख नगदसहित पक्राउ गरेको थियो । उनीमाथि अनुसन्धानको क्रममा अध्यागमन डेस्कमा जोसुकै भए पनि सेटिङ चल्ने पुष्टि भएको प्रहरीले जनाएको छ । जसले अध्यागमनमा संगठित रूपमै सेटिङ चल्दै आएको प्रहरी निष्कर्ष छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्कुटर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
पुष १९, २०८१ शुक्रबार
डलर भन्दै कागजका खोस्टा दिएर पाँच लाख ठगी गर्ने पक्राउ
पुष १९, २०८१ शुक्रबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने
पुष १९, २०८१ शुक्रबार
‘स्वास्थ्य बिमा रकम पाँच लाख पुर्याउन स्रोत खोज्दै’
पुष १९, २०८१ शुक्रबार
ताजा रगत खोज्न ‘ब्लड फर मी’ ‘मोबाइल एप्स’ सार्वजनिक
पुष १९, २०८१ शुक्रबार
विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी
पुष १९, २०८१ शुक्रबार
विराटनगरका मेयर नागेश कोइराला प्रवृत्ति : ‘सिङ नभएको तिखे गोरु’
पुष १९, २०८१ शुक्रबार
स्कुटर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
पुष १९, २०८१ शुक्रबार