अवैध लागूऔषध सहित पक्राउ
इन्द्र रिजाल
बैशाख ८, २०७६ आइतबार १२:१०:२०
काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-३ लेवटस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ४८ केजी ८ सय ग्राम सहित भारत बिहार बैसालीग्राम बस्ने ३२ वर्षीय अंमर जित सिंहलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवनापुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको बिआर ३१ एम ५०५१ नम्बरको कार जाँच गर्नेक्रममा कारमा फल्सबटम बनाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी चालक सिंहलाई पक्राउ गरेको हो ।
यस्तै सर्लाहीको ब्रहमपुरी गाउँपालिका-४ त्रिभुबननगरस्थित भारत मझपपुर बस्ने ५० वर्षीय कमरुदिन अन्सारीलाई अवैध लागूऔषध गाँजा करिब ५ केजी सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका अन्सारीलाई झोलामा लुकाई छिपाई राखेको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
प्रहरीले दिएको जानकारी अनुसार नवलपरासी ‘पूर्व’, मध्यबिन्दु नगरपालिका-१० स्थित सडकबाट नवलपरासी ‘पश्चिम’ कालिनन्दन गाउँपालिका-३ बिलासपुर बस्ने १९ वर्षीय अर्जुन गुप्तालाई नियन्त्रित लागूऔषध डाइजेपाम ९३ एम्पुल, प्रोमिथाजाइन ९० एम्पुल, नुर्फिन ७० एम्पुल, ब्रुप्रिनोफिन २६ एम्पुल, फेनारगन ६ एम्पुल, फेनसिडिल १५ बोतल र गिल्नकफ २८ बोतल सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी अरुणखोलाबाट खटिएको प्रहरीले युपि ५६ बि ६४८३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार गुप्तालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसाढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
तस्करीमा पर्सा प्रहरीको कारबाही, ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा
मंसिर १०, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार