तरकारीकाे भाउ: कुन तरकारी कतिमा हुँदैछ खरिदबिक्री?
नेपालबहस संवाददाता
माघ १६, २०८० मंगलबार ८:१५:४१
१६ माघ, काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । हरियो अंगुरको न्यूनतम् मूल्य प्रतिकेजी १५०, कालो अंगुर २५०, केरा १२० रूपैयाँ दर्जन, अनार २५०, किवी ३५०, आभोकाडो ३००, अमला ८० र स्ट्रबेरी भुईऐसेलु ३०० रूपैयाँमा खरिदबिक्री भइरहेको छ ।
समितिका अनुसार नेपाली ठूलो गोलभेँडा ६०, लोकल सानो गोलभेँडा ३०, अदुवा १८०, रातो आलु र रातो भारतीय आलु २८ रूपैयाँमा कारोबार हुँदा स्थानीय काउली ४५, कागती १७०, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ६० रूपैयाँ प्रतिकेजी कायम भएको छ ।
लोकल गाजरको न्यूनतम् मूल्य प्रतिकेजी ३५ रूपैयाँमा कारोबार हुँदा लोकल बन्दा ३०, लोकल सेतो मूला र रातो मूला १५, लोकल घिउ सिमी ७०, राजमा घिउ सिमी १२०, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ७० रूपैयाँमा खरिदबिक्री हुँदैछ भने तोरीको साग ३० र रायोको साग ४० रूपैयाँमा खरिदबिक्री भइरहँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग ९० र जिरीको साग ८० रुपैयाँमा कारोबार हुनेछ ।
गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७०, हरियो प्याज १२० र पुदीना ३२० रूपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ९०, चाइनिज सुकेको लसुन २५०, हरियो लसुन १२०, नेपाली सुकेको लसुन २८० रूपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ७०, भिण्डी १२०, र हरियो धनिया १२० रूपैयाँ पाइने समितिले जनाएको छ ।
उता, ताजा छडी माछा २४० रूपैयाँमा कारोबार हुँदा बचुवा माछा २६०, रहु माछा ३५० र मंगुरी माछा ३०० रूपैयाँमा किनबेच भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्पको धक्कापछि सडकमा जम्मा भएका बालबालिका
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुग्यो, हजारभन्दा धेरै घरमा क्षति
पुष २३, २०८१ मंगलबार
‘पर्यटक बसपार्क’ निर्माण गर्न माग
पुष २३, २०८१ मंगलबार
प्रि-ओपन सेसनमा नेप्से १३.६५ अंकले बढ्यो
पुष २३, २०८१ मंगलबार
सुनको भाउ आज पनि स्थिर, चाँदीको बढ्यो
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुग्यो
पुष २३, २०८१ मंगलबार