पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई १० वर्षको जेल सजाय
नेपालबहस संवाददाता
माघ १६, २०८० मंगलबार १४:४०:१४
१६ माघ, एजेन्सी । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई १० वर्षको जेल सजाय सुनाएको छ । राज्यको गोप्य विषय चुहावट गरेको मुद्दामा खान र उनका पूर्वनिकट सहयोगीलाई जेल सजाय सुनाइएको हो ।
पाकिस्तानको पन्जाब प्रान्तस्थित रावलपिण्डीको जेलमा स्थापित विशेष अदालतले मंगलबार यो सजाय सुनाएको छ । कूटनीतिक मामिलासम्बन्धी ‘साइफर केस’ नाम दिइएको यो मुद्दामा उनलाई दोषी ठहर गरिएको हो ।
खानले आफूलाई सत्ताबाट हटाउन सन् २०२२ मा यो षड्यन्त्र भएको जिकिर गरेका थिए । ‘अफिसियल सेक्रेट एक्ट’अन्तर्गत स्थापित अदालतले खानलाई अमेरिकाका लागि पाकिस्तानी पूर्व राजदूतले पठाएको गोप्य कागजातको दुरुपयोग गरेकामा दोषी ठहर गरेको हो ।
आउँदो फेब्रुअरी ८ मा हुने आमनिर्वाचनको करिब एक साताअघि पाकिस्तानको प्रमुख प्रतिपक्षी नेताका रूपमा रहेका खानविरुद्ध सजाय तोकिएको छ । उनले आफूलाई निर्दोष बताउँदै आएका छन् । अलजजिराबाट ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतिब्बतममा भूकम्पपछि ६४६ परकम्पन
पुष २४, २०८१ बुधबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
भूकम्पपछि उद्धार र राहतमा जुट्न चिनियाँ राष्ट्रपति सी चिनफिङको अपिल
पुष २३, २०८१ मंगलबार
१० लाख धरौटीमा रिहा भइन् लेखा समिति सभापतिकी श्रीमती अञ्जला कोइराला
पुष २४, २०८१ बुधबार
नेपाल नबन्नुको कारण
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
बागमती सफाइ अभियानमा काठमाडौं महानगरका वडाले सघाउने
पुष २४, २०८१ बुधबार
इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई मन्त्रालयले कारबाही गर्ने
पुष २४, २०८१ बुधबार
तिब्बतममा भूकम्पपछि ६४६ परकम्पन
पुष २४, २०८१ बुधबार