अवैध क्रिप्टोमार्फत अनलाइन गेम खेलाउने ७ जना पक्राउ
नेपालबहस संवाददाता
माघ १६, २०८० मंगलबार १५:३९:४१
१६ माघ, काठमाडौं । अवैध क्रिप्टोमार्फत विभिन्न अनलाइन गेम खेलाउने सिराहाका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिटक्वीन, क्यास एप मार्फत जुवा, मिल्किवे, गेमभल्ट, फाइरकिरिन, भेगाज स्वीप्स, ओरियन स्टार्स जस्ता खेल खेलाउने ७ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका २४ वर्षीय मुरारी साह, सिराहाको लाहान १ शहिदचोकका २४ वर्षीय आर्यन साह, सोही ठाउँका २४ वर्षीय अनिश कुमार रौनियार, २६ वर्षीय रोसन चौधरी जैसवाल, सिराहाको लाहान नगरपालिका १० बोटटोलका २४ वर्षीय मिथलेश कुमार मण्डल, सिराहाको सुकिपुर नगरपालिका २ का २३ वर्षीय शिवम् कुमार यादव र २४ वर्षीय हरिशंकर चौधरी रहेका छन् ।
उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको हो । विदेशी नागरिकको फेसबुक प्रयोग गरेर गेमहरू खेलाउने गरेको कार्यालयका डीएसपी निर्मल थापाले बताए । उनका अनुसार यसरी कतिको कारोबार गरे भन्ने अनुसन्धान भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगन्जमा गाँजासहित चार जना पक्राउ
पुष २४, २०८१ बुधबार
लागूऔषधसहित विभिन्न ठाउँबाट सात जना पक्राउ
पुष २४, २०८१ बुधबार
पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पुष २४, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार