मालपोत अधिकृत रहँदा ४ करोड ४० लाख भ्रष्टाचार गरेको आरोपमा अख्तियारद्वारा मुद्दा दायर
नेपालबहस संवाददाता
माघ १६, २०८० मंगलबार १६:३६:६
१६ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा हाल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, मधेश प्रदेश, जनकपुर, धनुषाका शाखा अधिकृत मीनबहादुर भट्टराईविरुद्ध चार करोडभन्दा बढी रकम भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ।
०५४ सालमा सेवामा प्रवेश गरेका भट्टराईले सेवा अवधिमा चार करोड ४० लाख १५ हजार नौ सय २५ रूपैयाँ गैरकानुनी सम्पत्ति जोडेको र सो को वैधानिक स्रोत नखुलेको भन्दै अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारका अनुसार भट्टराईले १५ वर्षको अवधिमा गैरकानुनी रूपमा चार करोड ४० लाख १५ हजार गैरकानुनी सम्पति आर्जन गरेको अख्तियारको ठहर छ । पछिल्लो समय भट्टराई मधेस प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा शाखा अधिकृतका रूपमा कार्यरत थिए ।
भट्टराईले गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो । उनले सार्वजनिक सेवामा प्रवेश गरेको मिति ०५४ साउन २६ गतेदेखि ०७९ जेठ ३० गतेसम्मको अवधिलाई अनुसन्धानमा समेटिएको अख्तियारद्वारा मंगलबार जारी विज्ञप्तिमा जनाइएको छ ।
उक्त अवधि भट्टराईको वैध आय पाँच करोड ९४ लाख ६७ हजार १४८ रूपैयाँ देखिएको छ । सोही अवधिमा उनले १० करोड २३ लाख ९२ हजार २८८ रूपैयाँ खर्च तथा लगानी गरेको पाइएको अख्तियारको अनुसन्धानले देखाएको छ । दायर मुद्दामा भट्टराईसँग चार करोड ४० लाख १५ हजार ९२५ रूपैयाँ बिगो दाबी गरिएको छ ।
यस्तै, भट्टराईले सार्वजनिक सेवाको पदमा रहेर गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति कान्छी श्रीमती झुनाकुमारी कठेत समेतको नाममा राखेको पाइएको अख्तियारले जनाएको छ । उनीविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार