रूपन्देहीमा २५० जना सुकुम्बासीलाई बाँडियाे लालपुर्जा
नेपालबहस संवाददाता
माघ १७, २०८० बुधबार ८:१६:०
१७ माघ, भैरहवा। रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर १ र ७ का अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण गरिएको छ ।
सियारी ७ स्थित अमवामा राष्ट्रिय भूमि आयोग जिल्ला समिति कार्यालयको आयोजना एवं सियारी गाउँपालिका रुपन्देहीको समन्वय तथा सहजीकरणमा भएको कार्यक्रममा लालपूर्जा वितरण गरिएको हो ।
रुपन्देहीमा ३५ हजार लालपूर्जा तयार रहेको राष्ट्रिय भूमि आयोग रुपन्देही जिल्ला अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले बताए । उनले भने, ‘रुपन्देहीमा अव्यवस्थित र सुकुम्बासी गरी १ लाखको हाराहारीमा हुनुहुन्छ ।’ जग्गा प्राप्तिका लागि तिर्नुपर्ने राजस्व धेरै भएको भन्ने नागरिकबाट गुनासो आएको उनले बताए । यसबारे प्रधानमन्त्रीसँग पनि आफूले कुराकानी गरेको उनको भनाइ छ । अब शुद्धोधन र कञ्चन गाउँपालिकामा पनि लालपूर्जा वितरणको तयारी रहेको बताए । ‘अब क्रमशः लालपूर्जा वितरण गर्दै जान्छौं । छिटो भन्दा छिटो घरदैलोमा पुर्याउने प्रयासमा छौं, ’ उनले भने ।
त्यस्तै सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्षसहित टीमको प्रयत्नबाट सियारीमा जग्गाधनी प्रमाणपूर्जा वितरण गर्न सफल भएको बताए । उनले यो कार्यमा खटिने सम्पूर्ण सहयोगी हातहरूलाई धन्यवाद दिए ।
उनले भने, ‘सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि लालपूर्जा वितरण गर्ने कार्यलाई प्राथमिकतामा राखेका छौं । निर्वाचित भएको ६ महिना बितिसकेपछि भूमि आयोगसँग समन्वय गरेर सियारी गाउँपालिका वडा नम्बर १ देखि ७ सम्म आयोगले तोकेको सीमाभित्र रहेर जग्गा नाप्ने काम भएको उनको भनाइ छ ।
अध्यक्ष घिमिरेले आफूहरु निर्वाचित भएको ६ महिनामा २५० वटा लालपूर्जा वितरण गरेको बताए । उनले फागुन मसान्तसम्म सियारीमा ४५० वटा लालपूर्जा वितरण गरिने बताए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कुनै पनि राजनीतिक गन्ध नआउने गरी काम गर्न आग्रह गरे । उनले भने, ‘कुनै पनि अनियमितता, गुनासा र उजुरी नआउने गरी काम गर्न म आग्रह गर्दछु ।’ लालपूर्जा पाएको भन्दा पनि नपाएको व्यक्तिले मैले यसकारणले पाएन भनेर बताउन सक्ने अवस्थाको सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य गोविन्द के.सी.ले सियारी गाउँपालिकाले राम्रो काम गरेको भन्दै धन्यवाद दिए । नेपाली कांग्रेसका नेता गोपाल पाण्डेले लालपूर्जा दिलाउन अथक प्रयास गरेको सबैलाई धन्यवाद दिए । नेकपा (एमाले)का नेता विनोद सहानीले लालपूर्जा वितरण कार्यलाई व्यवस्थित गरेको भन्दै सियारी गाउँपालिकालाई धन्यवाद दिए । सियारी गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष दीपक बहादुर शाहीले जनताको सेवा र गाउँपालिकाको विकासमा लागि परेको बताए ।
लालपूर्जा प्राप्त गर्ने नीम बहादुर नेपालीले सियारी अध्यक्ष थानेश्वर घिमिरेले नागरिकको घरदैलोमा पुगे समस्या बुझेर समाधान गर्नुभएको बताए । राष्ट्रिय भूमि आयोग रुपन्देही जिल्ला सदस्य यमलाल तिवारीको स्वागत तथा बद्रे आलमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढी पहिरोले पुर्याएको क्षतिले पीडाबोध भयो : पूर्वराजा ज्ञानेन्द्र
असोज १३, २०८१ आइतबार
बाढी-पहिरोले उपत्यकामा ३२ सहित देशभर ५३ जनाको मृत्यु, थुप्रै क्षेत्र जलमग्न
असोज १२, २०८१ शनिबार
आज यी ठाउँहरुमा हुनेछ ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह
असोज १३, २०८१ आइतबार
इजरायल र हिजबुल्लाहको विवाद : को हुन् हसन नसरल्लाह ?
असोज १३, २०८१ आइतबार
हेटौँडा–काठमाडौं जोड्ने सबै सडक अवरुद्ध
असोज १३, २०८१ आइतबार
सोनाको हेलिकोप्टरबाट रोशीको मंगलटार क्षेत्रबाट ८१ जनाको उद्दार, एकहजार बढी अलपत्र
असोज १३, २०८१ आइतबार
हालसम्म सेनाको हेलिकप्टरबाट १६१ जनाको सकुशल उद्धार
असोज १३, २०८१ आइतबार
धादिङको झ्याप्लेखोलामा पुरिएका तीन वटा गाडीबाट अहिलेसम्म निकालियो ३० जनाको शव
असोज १३, २०८१ आइतबार
सुपथ मूल्य बिक्री कक्षमा नेपाली जुत्ताप्रति उपभोक्ताको आकर्षण
असोज १३, २०८१ आइतबार