स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघकाे निर्वाचनमा राजु थापा निकटका श्रेष्ठ विजयी
नेपालबहस संवाददाता
माघ १७, २०८० बुधबार ९:२५:८
१७ माघ, स्याङ्जा । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्षमा महादेव श्रेष्ठ विजयी भएका छन् । संघीय सांसद राजु थापाको प्यानलबाट चुनाव उठेका श्रेष्ठ विजयी भएका हुन् । उनले नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठ र भागवतप्रकाश मल्ल प्यानलका उम्मेदवार हिक्मत श्रेष्ठलाई झिनो मतान्तरले हराएका हुन् । यस्तै अध्यक्ष पदका अन्य दुई प्रतिस्पर्धी राजनप्रसाद घिमिरे र नारायण प्रसाद ढकालले लज्जास्पद हार व्यहोरेका छन् ।
वरिष्ठ उपाध्यक्ष पदमा भिमकुमार श्रेष्ठ विजयी भएका छन् । उनले अर्जुन थापालाई हराएका हुन् । श्रेष्ठले दुईसय ३९ मत ल्याउँदा थापाले दुईसय १९ मत ल्याए ।
महासचिवमा गोपालमा श्रेष्ठ र भागवतप्रकाश मल्ल निकटका व्यावसायी रविन्द्र के.सी विजयी भएका छन् । के.सीले प्रतिद्वन्द्वीद्वय आशिष लम्साल र मोहम्मद सरिफ मियाँलाई हराएका छन् । के.सीले दुईसय ३९ मत ल्याएर विजयी भए छन भने लम्साल र मियाँले क्रमशः एक सय १९ र २४ मत ल्याए ।
सचिवमा राम प्रसाद लम्साल निकटम् प्रतिद्वन्दी प्रकाश डोटेललाई हराए । विजयी लम्सालले दुईसय ५७ मत र डोटेलले एक सय ७० मत ल्याए ।
कोषाध्यक्षमा दीपेन्द्र कुमार श्रेष्ठ विजयी भए । उनले लक्ष्मण प्रधानलाई २० मतले हराए । श्रेष्ठले दुईसय ३० र प्रधानले दुईसय १७ मत ल्याएका हुन् ।
यस्तै सदस्यहरुमा हिटलर पौडेलले अत्याधिक मत ल्याएर विजयी भएका छन् । उनले दुईसय ५७ मत सहित विजयी भएका हुन् । त्यस्तै अमृत लामिछाने दुईसय ४७, मिना कुमारी सुवेदी दुईसय ३६, सुदर्शन रेग्मी दुईसय २२५, छाँयादत्त सापकोटा दुईसय १७, सूर्य प्रसाद शर्मा (लामिछाने) दुईसय १४, कौशिला पौडेल क्षेत्री (करुणा) दुईसय १३ र राजेन्द्र श्रेष्ठ दुईसय १० मतले विजयी भए ।
सदस्य पदका अन्य प्रतिस्पर्धी मध्ये रमेश कुमार श्रेष्ठ एकसय ९३, शुलभ श्रेष्ठ एक सय ८९, गणेश अर्याल एकसय ७७, मोहम्मद फारुक शाह एकसय ७४, युवराज शर्मा एकसय ७१, पृथ्वीराज अर्याल एकसय ६२, सुष्मा श्रेष्ठ एकसय ६१, रिमल नेपाली एकसय ५१ र सुजन पोखरेलले ९० मत ल्याए ।
संघको मंगलबार सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस उद्योग, व्यापारी र व्यवसायी तीन प्यानल बनाएर चुनावमा होमिएका थिए । पार्टी भित्रका संस्थापन र इतर पक्षका नेताहरू नै चुनावी मैदानमा उत्रेर आफ्ना उम्मेदवारहरूलाई चुनाव जिताउन लागि परेका थिए ।
निर्वाचन अधिकृत अधिवक्ता हरिप्रसाद रेग्मी अनुसार कूल पाँच सय ८६ मतदाता रहेकाेमा चारसय ७५ मत खसेकाे थियाे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार
सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
पुष २४, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार