एक वर्षभित्र २० अर्ब पूँजी पुर्याउन पुनर्बीमा कम्पनीलाई बीमा प्राधिकरणको निर्देशन
नेपालबहस संवाददाता
माघ १७, २०८० बुधबार १५:७:१०
१७ माघ, काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरूको न्युनतम चुक्ता पूँजी बढाएर २० अर्ब पुर्याएको छ । प्राधिकरणले आगामी एक वर्षभित्र २० अर्ब पूँजी पुर्याउन निर्देशन पनि दिएको छ । बुधबार बिहान बसेको बीमा प्राधिकरण सञ्चालक समितिको बैठकले पुनर्बीमा कम्पनीको न्युनतम चुक्ता पूँजी २० अर्ब पुर्याउने निर्णय गरेको हो ।
बैठकले पुर्नबीमा कम्पनीहरूको न्युनतम चुक्ता पूँजी २० अर्ब पुर्याउने निर्णयसँग पूँजी बढाउन १ वर्ष र पूँजी बढाउने योजना पेस गर्न १५ दिनको समय दिएको छ । कम्पनीहरूले नै पूँजी बढाउने योजना पेस गर्नुपर्नेछ । कम्पनीहरूले योजना पेश गरेपछि मात्रै हकप्रद शेयर लगायतका विकल्पमाथि प्राधिकरणले छलफल गर्ने भएको छ । पुनर्बीमा जोखिम बहन गर्नुपर्ने भएकोले कम्पनीको पूँजीको आधार बलियो बनाउन पूँजी बढाउन लागिएको प्राधिकरणको भनाइ छ ।
हाल नेपालमा २ वटा पुनर्बीमा कम्पनी सञ्चालनमा रहेका छन् । नेपाल सरकारसमेत स्वामित्व रहेको नेपाल पुनर्बीमा कम्पनी र निजी क्षेत्रको लगानीमा स्थापना भएको हिमालयन रिइन्स्योरेन्स कम्पनी छन्। सरकार सम्मिलित कम्पनीको चुक्ता पूँजी १२ अर्ब ८१ करोड रहेको छ भने निजी क्षेत्रको हिमालयन रिइन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी १० अर्ब रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधितोपत्र बोर्डमा अध्यक्ष नहुँदा तीन महिनादेखि आईपीओ र एफपीओको काम बन्द
चैत १४, २०८० बुधबार
धितोपत्र बोर्डको अध्यक्षका लागि अर्थले खुलायो आवेदन
फागुन १६, २०८० बुधबार
नेप्सेले भन्यो, ‘मार्जिन कारोबारका लागि ११२ कम्पनी योग्य’
फागुन १४, २०८० सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह
बैशाख २४, २०८१ सोमबार
हामी एक ढिक्का छौँ, जसपाको फुट निन्दनीय: नेकपा एस
बैशाख २४, २०८१ सोमबार
अशोक राई नेतृत्वको जसपाले पायो मान्यता, दल दर्ता गर्ने आयोगको निर्णय
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
टी-२० विश्वकपमा आतङ्ककारी हमला गर्ने धम्की
बैशाख २४, २०८१ सोमबार
मुस्ताङका च्याङग्राको भुवा परीक्षण
बैशाख २४, २०८१ सोमबार