दोस्रो चापाकोट महोत्सव फागुन पहिलो सातामा हुने
नेपालबहस संवाददाता
माघ १७, २०८० बुधबार १७:०:३३
१७ माघ, स्याङजा । दोस्रो चापाकोट महोत्सव तथा व्यापार मेला २०८० हुने भएको छ । चापाकोट उद्योग वाणिज्य संघद्वारा आगामी फागुन ३ देखि १३ गतेसम्म महोत्सव आयोजना गरिने भएको हो ।
बुधबार चापाकोटको सुन्तलीटारमा नगरपालिकाका प्रमुख देव बहादुर खाँणको विशेष उपस्थितिमा महोत्सवको मिति र स्थान घोषणा गरिएको जनाएको छ ।
दोस्रो चापाकोट महोत्सवका सूचना तथा प्रसार प्रसार संयोजक गोपीकृष्ण रेग्मीका अनुसार अनुसार चापाकोट उद्योग वाणिज्य आयोजक र चापाकोट नगरपालिका संरक्षक रहने दोस्रो चापाकोट महोत्सव गंगालाल माध्यमिक विद्यालय सुन्तलीटारको खेलमैदानमा आयोजना हुने भएको छ ।
मेलाका मुख्य आकर्षणहरूमा दैनिक राष्ट्रिय स्तरका ख्याती प्राप्त लोकदोहोरी, आधुनिक र पप गायक गायिकाहरूको प्रस्तुति रहनेछ । यस्तै गरी जिल्ला स्तरीय भलिबल प्रतियोगिता, चापाकोट डान्स आइडल, भजन प्रतियोगिता एवं विविध मनोरंजनात्मक कार्यक्रमहरू आयोजना गरिने आयोजकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
लगानीको सुरक्षा गर्न गण्डकी प्रदेश सरकार तयार: मुख्यमन्त्री पाण्डे
कात्तिक २६, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बालकृष्णको ‘चपुर घुम्न जाउँ...’ गीत सार्वजनिक
मंसिर ११, २०८१ मंगलबार
न्यायाधीश नियुक्तिबारे न्याय परिषदमा छलफल सुरु
मंसिर ११, २०८१ मंगलबार
खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई
मंसिर ११, २०८१ मंगलबार
विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्या : राष्ट्रसंघ
मंसिर ११, २०८१ मंगलबार