डेढ सय वर्ष पुरानो झोलुङ्गे पुलको पुनः निर्माण थालियाे
नेपालबहस संवाददाता
माघ १७, २०८० बुधबार २१:१७:२४
१७ माघ, म्याग्दी । बेनी नगरपालिका–७ र २ को सिमाना मङ्गलाघाटस्थित डेढ सय वर्ष पुरानो झोलुङ्गे पुल संरक्षण थालिएको छ । मङ्गलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग गरी बनाइएको झोलुङ्गे जीर्ण बनेपछि मर्मत थालिएको हो ।
बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेश श्रेष्ठले स्वरुप नबिग्रने गरी पुल मर्मत गर्न लागिएको जानकारी दिए। “स्थानीयलाई आवत जावतमा सहज, सुरक्षित बनाउने र पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले पुल मर्मतको काम चालु आर्थिक वर्षभित्रनै सम्पन्न गर्ने लक्ष्य सहित काम थालिएको छ”, उनले भने “प्रादेशिक झोलुङ्गे पुल कार्यक्रमको सहयोग, मिलन म्याग्दीको सामाजिक परिचालनमा बेनी नगरपालिकाले पुल मर्मत गर्न लागेको हो ।”
नदीदेखि पुलको उचाइलाई अहिलेको भन्दा बढाउने र काठको ठाउँमा स्टिल राखिने भएको छ । ४२ मिटर लामो पुलको पुननिर्माण गर्न करिब रु ४५ लाख लागत अनुमान गरिएको प्रादेशिक झोलुङ्गे पुल कार्यक्रमका प्राबिधिक दयाराम शाहले बताए । पर्खाल भत्काएर पुरानै ढुङ्गाबाट नयाँ बनाउने, पुरानै लठ्ठालाई तन्काएर राखिने उनले बताए ।
जिल्लाकै पुरानो र स्थानीय स्रोतसाधनलाई प्रयोग गरी बनाइएको पुल जीर्ण बनेपछि चार वर्षअघि बेनी नगरपालिकाको पहलमा सामान्य मर्मत गरिएको थियो । अहिले पुल जीर्ण छ । पुल जीर्ण बनेपछि आवतजावतमा समस्या र जोखिम भएको छ । पुरानो र ऐतिहासिक महत्वको पुलको काठ कुहिएको छ । जालीमा खिया लागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलम्सुवघाटमा झोलुङ्गे पुल निर्माण
पुष १४, २०८१ आइतबार
रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा
पुष १२, २०८१ शुक्रबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार