अन्तर बैंक दर बढाउने तयारीमा राष्ट्र बैंक, अधिक तरलता खिच्न निरन्तर निक्षेप संकलन उपकरणको प्रयोग
नेपालबहस संवाददाता
माघ १८, २०८० बिहिबार १२:२:३२
१८ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले केही सयमयता बैंकिङ प्रणालीमा रहेको अधिक तरलता खिचिरहेको छ । राष्ट्र बैंकले अन्तर बैंक दर बढाउन निरन्तर तरलतामा दवाव दिएको बैंकरहरु बताउँछन् । वित्तीय प्रणालीको तरलता खिचेर अन्तर बैंक दर बढाउन दैनिक जसो निक्षेप संकलन उपकरण प्रयोग गरेको छ ।
केन्द्रीय बैंकले बुधबार देखि शुक्रबारसम्म निरन्तर निक्षेप संकलन उपकरणबाट ७० अर्ब तरलता खिच्नेछ । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर नै ब्याजदर करिडोरको तल्लो सीमा हो । पछिल्ला दिनहरुमा निक्षेप संकलनको ब्याजदर ३ प्रतिशतभन्दा माथि रहेको छ । अन्तर बैंक ब्याजदर भने ३ प्रतिशत भन्दा तल अर्थात २.८६ प्रतिशतमा झरेको छ ।
वित्तीय प्रणालीमा अधिक तरलता भई अन्तर बैंक ब्याजदर ब्याजदर करिडोरको तल्लो सीमाभन्दा तल आएको खण्डमा निक्षेप संकलन उपकरण प्रयोग गरिन्छ । पछिल्लो समयमा वित्तीय प्रणालीमा अधिक तरलताको अवस्थामा छ । बैंकहरु निक्षेप थपिने क्रम जारी छ । तर, कर्जाको माग बढेको छैन ।
त्यसले गर्दा पनि केन्द्रीय बैंकले अन्तर बैंक ब्याजदर बढाउने तथा प्रणालीको तरलता घटाउने निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको हो । त्यसका साथै यस भन्दा अघि निष्काशन गरेको निक्षेप संकलन उपकरण परिपक्क भएकाले पनि वित्तीय प्रणालीको तरलता बढेको हुनाले पुन सोही उपकरणको प्रयोग केन्द्रीय बैंकले गरेको बैंकरहरुको भनाइ छ ।
बैंकिङ प्रणालीमा अधिक तरलता भएपनि नेपाल राष्ट्र बैंकले बिहीबार पनि २० अर्ब तरलता खिच्दैछ । बुधबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ३० अर्ब तरलता खिचेको केन्द्रीय बैंकले बिहीबार थप २० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गर्ने भएको हो । केन्द्रीय बैंकले बुधबार १४ दिन अवधिमा २० अर्ब रूपैयाँ बराबरको निक्षेप संकलन उपर निष्काशन गरेको थियो भने बिहीबार ७ दिन अवधिका लागि ३० अर्बको निक्षेप लिएको छ ।
बुधबार ३० अर्बको निक्षेप संकलन उपकरण परिपक्व भएकोमा बिहीबार २० अर्बको निक्षेप संकलन उपकरण परिपक्व हुँदै छ । त्यसलाई पुनः निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो । बुधबार ७ दिनका लागि ३० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल भएकोमा ३१ अर्ब ८० करोडको आवेदन परेको थियो ।
जसमा बैंकहरुले अधिकतम ३.२४ प्रतिशत र न्युनतम २.६४ प्रतिशत ब्याजदरमा निक्षेप प्रस्ताव गर्दा राष्ट्र बैंकले औसत ३.०३४६ प्रतिशत ब्याजदरमा ३० अर्ब निक्षेप लिएको हो । यसअघि १६ पुस मंगलबार पनि केन्द्रीय बैंकले बैंकिङ प्रणालबिाट २० अर्ब तरलता खिचेको थियो । बिहीबार १४ दिनका लागि थप २० अर्ब तरलता खिच्ने भएको हो । बुधबारको निक्षेप संकलन उपकरण बोलकबोलसँगै राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट खिचेको तरलता १ खर्ब १२ अर्ब रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्रामा घटबढ
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
काठमाडौंमा एकविहानै भूकम्पको धक्का, नागरिकहरु सडकमा निस्किए
पुष २३, २०८१ मंगलबार
हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार