डीएसपी बढुवा र एसपीको सरुवामा गृहमन्त्रीकै अवरोध
नेपालबहस संवाददाता
माघ १८, २०८० बिहिबार १३:२:२१
१८ माघ, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवर डीएसपीको बढुवा तथा एसपीको सरुवा गर्न सहमतिका लागि पटक–पटक गृह मन्त्रालयमा पुगिसकेका छन् । आईजीपी गृह मन्त्रालय दैनिक जसो गृहमन्त्रीलाई व्रिफिङ गर्न जाने क्रममा डीएसपीको बढुवा र एसपीको सरुवा बारे कुरा हुँदा पनि अहिलेसम्म सहमति पाउन नसक्दा रोकिएको छ । ‘गृहमन्त्रीज्यूले धेरै पटक पर्खनुस् भन्नु भयो, अब त फाइल नै लिएर जाऔँ भन्दै तीन पटक पुगिसकियो, अहिले पनि फर्काइएको छ’, प्रहरी प्रधान कार्यालय स्रोतले बुधबार भन्यो ।
नेपाल प्रहरीले डीएसपीबाट एसपी बढुवा र एसपीको सरुवा एकैपटक गर्न लागेको भएपनि यी दुई पदमा गृहको अवरोध देखिएको छ । एक वर्षमा इन्चार्ज खाली हुने जिल्लाको एसपी सरुवा र डीएसपी बढुवा एकै पटक हुने गरी तयारी थालिएकाे थियो । प्रहरी प्रधान कार्यालयले डीएसपीबाट एसपी बढुवा गर्न डेढ महिनाअघि नै कसरत गरेको भएपनि मन्त्रालय बाधक बनेपछि रोकिएको छ । १७ भन्दा बढी जिल्लाका एसपीको कार्यकाल १ बर्ष पुगेकाले सरुवा हुन लागेको भएपनि गृहमन्त्रालयले कसलाई पठाउने भन्दै लेखाजोखा गर्न थालेको लामो समय भइसक्दा पनि सरुवा हुन सकेको छैन ।
धनकुटा, मोरङ, झापा, सिरहा, महोत्तरी, पर्सा, चितवन, सिन्धुपाल्चोक, धादिङ जिल्लाका एसपीको एक बर्ष अवधि पुगिसकेको छ । त्यस्तै, तनहुँ, रुपन्देही, बागलुङ, स्याङ्जा, पाल्पा, बार्दिया, कन्चनपुर, पश्चिम नवलपरासीका एसपीको पनि एक बर्ष पुगेको छ । पर्सामा यतिबेला काेमल शाह छन । उनको स्थानमा काठमाडौंमा रहेका एसपी कुमोद ढुंगेललाई पठाउने तयारी भएको छ । यस्तै झापामा रहेका दुर्गा रेग्मीको स्थानमा ललितपुरबाट नवराज कार्की वा गौतम केसी मध्ये एकलाई पठाउने तयारी भएको भएपनि मिलन केसी वा गाेविन्द काफ्लेलाई पठाउन लागिएको छ ।
डीआईजी सरुवामा यज्ञविनोद पोखरेललाई सबैभन्दा आकर्षक मधेश प्रदेशमा पठाउन सफल भएकी गृहमन्त्री नारायणकाजी श्रेष्ठकी स्वकीय सचिव सुशन कर्माचार्यले खाली हुने जिल्लामा कसलाई पठाउने भनेर लेखाजोखा गरिरहेपनि गृहमन्त्रीलाई उचित सल्लाह नदिँदा रोकिएको स्रोतको दावी छ । रुपन्देहीको एसपीका लागि दयानिधि ज्ञवाली, चक्रराज जोशी, गौतम केसी, सन्तोष खड्का, रमेश पण्डितको प्रतिस्पर्धा रहेको छ । पण्डितले शक्तिकेन्द्रबाट दबाब दिए पनि केही महिनाअघि मात्र नुवाकोटको इन्चार्जबाट सरुवा भएकाले उनको निकै कम सम्भावना छ । एसपी बढुवामा एक नम्बरमै परेका गौतम केसी लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री रोज राणामार्फत रुपन्देही जाने प्रयासमा छन् ।
उता बसुन्धरा खड्का पनि आफ्नो पहुँच विस्तारमा लागेकी छिन् । चितवनका लागि शालिग्राम शर्मा पौडेल र भावेश रिमालले आ-आफ्नो च्यानल प्रयोग गरिरहेका छन् । पौडेलले चितवनको डीएसपीको रुपमा काम गरिसकेका छन् । मोरङमा बसिसकेका सन्तोष खड्का रुपन्देही नभए काभ्रेको एसपी हुने दाउमा छन् । कांंग्रेस नेता डा. शेखर कोइरालालाई भनसुन गरी मोरङमा एसपी भएका र बीचमै तानिएका शान्तिराज कोइराला सिन्धुपाल्चोकको एसपी हुन दौडधुप गरिरहेका छन् ।
यसै गरी आठ डीएसपीबाट एसपी बढुवामा पनि गृहकै अवरोध रहेको छ । प्रदीपबहादुर क्षेत्री, अंगुर जिसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रन्जितकार र निरन्जनदत्त भट्ट, राजन लिम्बु, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्तराम शर्मा र विनोद घिमिरे (क) पनि बढुवाका प्रतिस्पर्धी छन् । सिट संख्या भने आठ मात्र रहेको छ । उनीहरूको बढुवा पनि गृहले अड्काएका कारण वृत्ति विकासमा असर पर्न थालेको छ । मानव स्रोत विभागका एआईजी टेक बहादुर राई डीएसपी बढुवाको फाइल र एसपी सरुवाको फाइल झोलामै बोकेर हिँड्न थालेका छन् । ‘कति बेला बोलाउँछन् भन्ने टुंगो छैन, त्यही जुनसुकै बेला फाइल साथमै राखिएको छ’, मानव स्रोत विभाग स्रोतले भन्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
‘पुजार सार्की मेरो लागि निकै महत्त्वपूर्ण छ’ : पल
बैशाख २७, २०८१ बिहिबार
कालिजले बजार नपाउँदा व्यवसायी मारमा
बैशाख २७, २०८१ बिहिबार
कोशीमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी
बैशाख २७, २०८१ बिहिबार
बजेट थप नहुँदा ५७४ टुक्रे योजना अलपत्र
बैशाख २७, २०८१ बिहिबार
उपेन्द्र यादवको कार्यशैली ठीक नभएको कारण नयाँ दल बनायौं : अशोक राई
बैशाख २७, २०८१ बिहिबार
हाटबजारको खुला शौचले विद्यार्थीमा मनोवैज्ञानिक असर
बैशाख २७, २०८१ बिहिबार