शीत भण्डारका सुन्तला कुहिएपछि किसान चिन्तित
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
माघ १८, २०८० बिहिबार १४:३:४५
![](https://nepalbahas.prixacdn.net/media/albums/suntala__2_SuWDuSrniJ_IPq1eoyEYF.jpg)
१८ माघ, अर्घाखाँची । अर्घाखाँचीको पाणिनीमा शीत भण्डारमा राखेका सुन्तला आवश्यक मात्रामा रेखदेख र व्यवस्थापन नहुँदा 'रफ हेन्डलिंग' हरियो र नीलो ढुसीले कुहिएको वैज्ञानिकको अनुसन्धानबाट पत्ता लागेको छ ।
पाणिनी गाउँपालिका–२ पोखराथोकमा रहेको शिवशक्ति शीत भण्डारमा पणेनाको सिम्ले र पोखराथोकका कृषकले राखेको ९० मेट्रिक टनमध्ये ६३ मेट्रिक टन सुन्तलाका दानामा ढुसी लागेर नष्ट भएपछि नेपाल कृषि अनुसन्धान परिषद्का वरिष्ठ वैज्ञानिक उमेश आचार्यको टोलीले स्थलगत अनुसन्धान गरेको थियो ।
वैज्ञानिक अनुसन्धानपछि सुन्तला मुख्य गरी हरियो 'पेन्सिलियम डिजिटेटम' र नीलो 'पेन्सिलियम इटालीकम' ढुसीको कारणले गर्दा सुन्तला नष्ट भएको वरिष्ठ वैज्ञानिक आचार्यको टोलीले स्थलगत अनुसन्धानपछि निष्कर्ष निकालेको कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले बताउनुभयो ।
भण्डारण गर्दा प्राविधिक त्रृटि रहेको, खुला हातले पन्जा नलगाई शीत भएको समयमा टिपिएको, भण्डारण गर्दा ‘सोडियम हाइपोक्लोराइड’को मात्रा कम राखेको जसका कारण अघिल्ला वर्षको ढुसीका जीवाणु नष्ट नभएको अनुसन्धानपछि पत्ता लागेको छ । सुन्तलालाई पटकपटक हातले छुँदा ढुसीले बढी आक्रमण गरेको, भण्डारण घरको तापक्रम र आर्द्रता पनि नमिलेको देखिएको वैज्ञानिक टोलीको प्रतिवेदनमा उल्लेख गरेको छ । सुन्तला टिप्दा आधा हरियो र आधा पाकेको टिप्नुपर्नेमा सबै पाकेका सुन्तला टिपेको, हात बढी प्रयोग भएको, हातका कारण बढी ढुसी लागेको निष्कर्ष छ ।
सुन्तला कसरी र किन कुहियो भनेर आइतबार परिषद्का वरिष्ठ वैज्ञानिक आचार्य, कृषि विकास निर्देशनालय बुटवलका बाली संरक्षण अधिकृत मिलन गैरे, कृषि विकास निर्देशनालय बुटवलका बागवानी अधिकृत सुनयना बराली र कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेको टोलीले स्थलगतरुपमा शीत भण्डारमा पुगी सुन्तला कुहिएको बारेमा अनुसन्धान गरेको थियो ।
शीत भण्डारमा राखेका ६३ मेट्रिक टन सुन्तला कुहिएपछि रु ९० प्रतिकेजीमा सुन्तलाको हिसाब गरे पनि कृषकले झण्डै रु ५६ लाख ७० हजार घाटा व्यहोर्नुपरेको छ । कृषक मानबहादुर श्रेष्ठ, चिरञ्जीवी पौडेल, रेवतीराज पौडेल र खगेन्द्र पौडेलले शीत भण्डारमा स्थानीयस्तरमा उत्पादन भएको ९० टन सुन्तला राखेका थिए ।
शीत भण्डारमा राखी बेमौसममा महँगोमा बिक्री गर्ने उद्देश्यले राखेका सुन्तलामा ढुसी लागेपछि आफूहरूलाई ठूलो घाटा परेको कृषकको भनाइ छ । अघिल्ला दुई वर्षमा पनि यसरी नै कुहिएर सुन्तला नोक्सान भएको थियो । यस वर्ष लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयले गत मंसिरमा विज्ञ प्राविधिक ल्याएर कृषकलाई गाउँमै कोल्डस्टोरमा सुन्तला राख्ने तरिका सिकाएको थियो । सिकाएअनुसार सुन्तला भण्डारण गर्दा पनि कुहिएर नष्ट भएको कृषकको भनाइ छ ।
अघिल्ला दुई वर्षमा केही मात्रामा कुहिए पनि यसपटक एकैसाथ नष्ट भएको हो । यसरी वर्षेनि सुन्तला बिग्रँदा किसान चिन्तित भएका छन् । लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा पाणिनी गाउँपालिकाले तीन वर्षअघि तीन सय मेट्रिक टन क्षमताको कोल्डस्टोर निर्माण गरेको थियो । कोल्डस्टोर सिम्लेका सुन्तला कृषकको शिवशक्ति मिश्रित कृषक समूहले सञ्चालन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार
रुपन्देहीमा लागुऔषध कारोबारी बढे, ठूलो परिणामको चरेससहित ७ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
लुम्बिनीमा दुई लाख ९० हजार किशोरीलाई एचपिभी’ खोप लगाइने
माघ २२, २०८१ मंगलबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार
सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित
फागुन ४, २०८१ आइतबार