फिल्म उपहारको शीर्ष गीत ‘हेरेको छैन’ सार्वजनिक
नेपालबहस संवाददाता
माघ १८, २०८० बिहिबार १७:४३:३१
१८ माघ, काठमाडौं । नायिका रेखा थापाको बहुप्रतिक्षित फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘उपहार’को शीर्ष गीत ‘हेरेको छैन’ बिहीबार सार्वजनिक भएको छ । युट्युबमार्फत् सार्बजनिक गरिएको यो शीर्ष गीत फिल्मको तेस्रो गीत हो ।
गीतमा रविन भुसालको स्वर, अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुंगानाको शब्द छ । गीतको अडियो र भिडियो पक्ष बलियो छ । गीतका शब्द सजिलै सम्झन सक्ने खालका छन् । कविराज गहतराजको कोरियोग्राफी सार्वजनिक गीतको भिडियोमा हेर्न सकिन्छ ।
गीतमा अभिनेत्री रेखा थापा, बेनिशा हमाल, पूजा शर्मा, मुकुन भुसाल, सुष्मा कार्की फिचर्ड छन् । ‘उपहार’ सामाजिक विषयवस्तुमा आधारित रहेकाले फिल्ममा हाँस्यरसदेखि रोदनसम्म सबै कुराको समिश्रण रहेको निर्देशक देउजा बताउँछन् ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको फिल्ममा मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुुषाललगायतको पनि अभिनय छ । अभिनेत्री थापाका श्रीमान् बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् ।
रेखा फिल्मस् र कपनगढी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।
फिल्म ‘उपहार’को शीर्ष गीत ‘हेरेको छैन’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपलले सार्वजनिक गरे वृद्ध उमेरमा प्रहरी मुठभेडको तस्विर
जेठ ८, २०८१ मंगलबार
चर्चित कथा वाचक साइग्रेसको कथा 'अधुरो प्रेम'मा चलचित्र बन्दै
जेठ ७, २०८१ सोमबार
प्रदीप खड्का : रोमान्टिक हिरोबाट ‘पुजार सार्की’को मैतबहादुरसम्म
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग भुटानका कृषिमन्त्रीको शिष्टाचार भेट
जेठ ८, २०८१ मंगलबार
सिरोहियालाई समाउन कान्तिपुर पब्लिकेसन्समा पुग्यो प्रहरी
जेठ ८, २०८१ मंगलबार
उपेन्द्र यादवको रिटमाथिको सुनुवाई आज हेर्दा हेर्दैमा
जेठ ८, २०८१ मंगलबार
उपप्रधानमन्त्री रघुवीर महासेठको सम्पत्ति दुई वटा घरसहित २ करोड नगद, ४३ तोला सुन
जेठ ८, २०८१ मंगलबार
मन्त्रिपरिषदका कुन सदस्यको कति सम्पति ?
जेठ ८, २०८१ मंगलबार