अमेरिकी दूतावासको समन्वयमा डीभीका लागि नक्कली सर्टिफिकेट बनाउने १० जना पक्राउ
नेपालबहस संवाददाता
माघ १८, २०८० बिहिबार २०:५२:९
१८ माघ, काठमाडौं । नेपाल प्रहरीले अमेरिकाको डीभी लट्रीको भिसा प्रक्रियाका सर्वसाधारणलाई नक्कली शैक्षिक प्रमाणपत्र बनाएर दिने गरेको आरोपमा १० जनालाई पक्राउ परेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले भिसा प्रयोजनका लागि एसएलसी र प्लस टूको नक्कली शैक्षिक सर्टिफिकेट बनाइदिने गरेको पाइएपछि पक्राउ गरेको जनाएको छ ।
उनीहरुलाई गोप्य सूचनाका आधारमा अमेरिकी दूतावाससँगको समन्वयमा पक्राउ गरिएको हो । कार्यालयका अनुसार पक्राउ पर्नेमा ललितपुर घर भएका २५ वर्षीय सञ्जय महर्जन, चितवन घर भएका २५ वर्षीय सुमन ढकाल, सिराहा घर भएका २९ वर्षीय सक्षम अर्याल, धनुषा घर भएका ४२ वर्षीय विवेक उपाध्याय, मकवानपुर घर भएकी ३३ वर्षीया भगवती उप्रेती, लमजुङ घर भएकी रोना गुरुङ, सर्लाही घर भएका ३५ वर्षीय सुरज अधिकारी, दोलखा घर भएका २६ वर्षीय अशोक श्रेष्ठ, पर्सा घर भएका २८ वर्षीय पुरुषोत्तम मल्लिक र सर्लाही घर भएका २६ वर्षीय स्वर्णिम दाहाल रहेका छन् ।
प्रहरीले अमेरिकन दूतावासबाट विवेक उपाध्यायसहित ३ जनालाई नक्कली शैक्षिक प्रमाणपत्रसहित नियन्त्रणमा लिएको थियो । सो सम्बन्धमा अनुसन्धान गर्दै जाँदा नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा सञ्जय महर्जन लगायतको संलग्नता खुलेपछि प्रहरीको विशेष टोलीले उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछोराले धारिलो हतियार प्रहार गर्दा वृद्ध बुवा गम्भीर घाईते
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एचआइभी सङ्क्रमित भन्छन्, “नियमित औषधि सेवन गरे सक्रिय जीवन बाँच्न सकिन्छ”
मंसिर १६, २०८१ आइतबार
२ बजेसम्ममा ५० प्रतिशत भन्दा धेरै मत खस्योः आयोग
मंसिर १६, २०८१ आइतबार
हेटौँडाका एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
यु–१९ एसिया कपमा नेपालले दियो बंगलादेशलाई १४२ रनको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
बाढीपहिरोले पुर्याएको क्षति भरणका लागि बजेट संशोधनतिर लागे काभ्रेका स्थानीय तह
मंसिर १६, २०८१ आइतबार
टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
मंसिर १६, २०८१ आइतबार