टेरामक्स खरिद प्रकरणमा बहालवाला मन्त्री नै अप्ठेरोमा, स्वास्थ्यमन्त्री बस्नेत र पूर्व मन्त्री कार्की फरार !
नेपालबहस संवाददाता
माघ १९, २०८० शुक्रबार १८:२१:७
१९ माघ, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेलिकम्युनिकेशन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा बहालवाला मन्त्री नै अप्ठेरोमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला मन्त्री मोहनबहादुर बस्नेत र पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीलाई बयानमा बोलाएपछि अप्ठेरोमा परेका हुन् ।
दुवै जना अहिले अख्तियारको नजरमा फरार रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतलाई बयानमा बोलाइएको भए पनि उनी अहिलेसम्म उपस्थित भएका छैनन् । ‘केही समय काम छ भनेर आलटाल गरिरहनु भएको छ’, अख्तियारका एक आयुक्तले भने । भ्रष्टाचारको यो प्रकरणमा अहिले कांग्रेसका धेरै मन्त्री र सांसद समेत मुछिएपछि अहिले कांग्रेस स्वंय पनि अलमलमा परेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘टेरामक्स’ प्रविधि खरिद प्रकरणमा मुछिएका उनलाई अख्तियारले बयानका लागि ताकेता गरिरहेको भए पनि विभिन्न कारण जनाउँदै उनी उपस्थित हुनबाट पन्छिएका छन् । त्यस्तै कार्की पूर्वबाटै फरार भएका छन् । उनी भारत गएको अनुमान गरिएको छ । यसै प्रकरणमा बस्नेतसँगै पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समेत बोलाएको छ । उनले पनि पार्टी काममा व्यस्तता देखाउँदै उपस्थित हुन ढिलाइ गरिरहेको सम्बद्ध स्रोतले जनाएको छ ।
‘हामीले उहाँहरू दुवै जनालाई अनुसन्धानमा सघाउनका लागि आउनुपर्यो भनेका छौँ। उहाँहरू व्यस्त हुनुहुन्छ होला समय मिलाएर पक्कै आउनुहुन्छ,’ अख्तियारको दावी छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा मुख्यसचिव डा. वैकुण्ठ अर्यालसँग बयान लिइसकेको छ। टेरामक्स खरिद प्रकरणमा जोडिएपछि आयोगले मुख्यसचिव अर्याल लिएपछि उनीहरूलाई सँग पनि बयान लिन बोलाएको थियो ।
आयोग उच्च स्रोतका अनुसार अख्तियारमा परेको उजुरीका सम्बन्धमा उनको नाम पनि मुछिएपछि अख्तियारले बयानका लागि बोलाएको थियो । ‘उहाँसँग केही विषयमा सोधपुछ गर्नुपर्ने थियो, सोही अनुसार बोलाइएको हो, लिखित रुपमा आफ्ना धारणा राखेर जानु भएको छ’, अख्तियार उच्च स्रोतले भन्यो । अख्तियार स्रोतका अनुसार मुख्यसचिव अर्यालले सर्वोच्च अदालतको आदेश अनुसार मानहानीको मुद्दा लाग्ने भएपछि खरिदको प्रक्रिया अघि बढाएको उल्लेख गरेका छन ।
कानुनी पूर्वाधारबिना टेरामक्स प्रणाली खरिद अघि बढाएको, सर्वोच्च अदालतको आदेशको आफू अनुकूल व्याख्या गरेको उजुरी अख्तियारमा छ । ट्याक्स हेभन मुलुकको कम्पनीसँग शङ्कास्पद कारोबार गरेको लगायतको विषयमा पनि उजुरी परेको छ भने अख्तियारले अनुसन्धानलाई तीव्र पारेको जनाइएको छ ।
यो प्रकरणमा पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई पनि आयोगले बयानका लागि बोलाएको थियो । तर उनी आफू पूर्वतिर रहेको भन्दै आयोगलाई अटेर गर्दै आएका छन् । । राष्ट्रिय सभाको निर्वाचन अघि नै उनी फरार भएको स्रोतले जनाएको छ । अहिले भने सम्पर्कविहिन रहेको आयोग स्रोतले जनाएको छ । तत्कालीन सचिव एवं हाल राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले पनि अख्तियार पुगेर बयान दिइसकेका छन्। साथै स्वास्थ्य मन्त्री मोहन बस्नेतले पनि आयोगलाई जवाफ दिन बाँकी रहेको छ । तत्कालीन सञ्चार सचिव वैकुण्ठ अर्यालले २२ कात्तिक २०७८ मा पूरक बजेट मन्त्री समक्ष पठाउने राय लेखेका थिए। सोही आधारमा प्रक्रिया अघि बढेको थियो ।
सचिव अर्यालले प्रस्ताव पेश गरेको तीन दिनपछि २५ कात्तिकमा तत्कालीन सञ्चार मन्त्री कार्कीले पूरक बजेटको प्रस्ताव स्वीकृत गरेका थिए । त्यसपछि प्राधिकरणलाई बजेट सञ्चालन गर्ने बाटो खुलेको थियो । तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री मोहनबहादुर बस्नेतले टेरामक्स प्रणाली खरिदको प्रक्रिया अघि बढाएका थिए ।
प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झाकै जोडबल रहेको थियो । झाले यसअघि अख्तियार पुगेर बयान दिइसकेका छन् । सोही प्रकरणमा निवर्तमान अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिइसकेका छन् । यसै गरी संघीय मामिला मन्त्रालयका सचिवसँग पनि अख्तियारले बयान लिइसकेको छ । सो प्रकरणमा मुछिएका सबै जनाले बयान दिइसक्दा पनि राजनीतिक नेतृत्वले आलटाल गरेपछि अख्तियारले मुद्दा बुझाउन ढिलाई गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
राजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको सम्भावना कति ?
बैशाख १९, २०८१ बुधबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
डडेल्धुरामा टिपर दुर्घटना हुँदा २ युवकको मृत्यु, २ घाइते
बैशाख २३, २०८१ आइतबार
सयको नोटमा चुच्चे नक्सा राख्नेबारे भारतको टिप्पणी- 'धरातलीय यथार्थ परिवर्तन हुँदैन'
बैशाख २३, २०८१ आइतबार
लण्डनको मेयरमा सादिक खान तेस्रो पटक निर्वाचित
बैशाख २३, २०८१ आइतबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख २३, २०८१ आइतबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि पेसी
बैशाख २३, २०८१ आइतबार
गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी
बैशाख २३, २०८१ आइतबार