विमानस्थल प्रहरी प्रमुख डीआईजी चन्दले दिए राजीनामा
नेपालबहस संवाददाता
माघ २०, २०८० शनिबार १५:४३:४४
२० माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा कार्यरत डीआईजी अर्जुन चन्दले पदबाट राजीनामा दिएका छन् । शुक्रवार प्रहरी नायव महानिरीक्षक चन्दले प्रहरी प्रधान कार्यालयमा राजीनामा दिएका हुन् । डीआईजी चन्दले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरी कर्मचारी बिचको विवाद छानबिन गर्न गठित समितिले गरेको सिफारसप्रति उनी असन्तुष्ट रहेका थिए । समितिले विवादमा संलग्न असईलाई निलम्बन र डीएसपी रेवतीरमण पोखरेललाई सचेत गराउन सिफारिस गरेको छ ।
चन्दले भने आन्तरिक बैठकमा कुटपिटमा संलग्न प्रहरी कर्मचारीले गलत नगरेको बताउँदै आएका थिए । यता प्रहरी प्रधान कार्यालयले भने औपचारिक रुपमा राजीनामाको जानकारी गराएको छैन् । उनको राजीनामाले संगठनमा असर पर्ने सक्ने भन्दै सार्वजनिक नगरेको पाइएको छ ।
चन्दले १३ वैशाखमा विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पाएका थिए । यही माघ १२ गते त्रिभुवन विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबीच कुटाकुट भएको थियो । घटनाको छानबिन गर्न सरकारले सहसचिव थानेश्वर गौतमको नेतृत्वमा समिति गठन गरेको थियो ।
उक्त समितिले गत बुधवार गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमा दुई जना प्रहरी जवानलाई विभागीय कारबाही गर्न सिफारिश गरिएको छ । यसैगरी समितिले एक जना असईलाई निलम्बनका साथै विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायालाल मोक्तानलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिरोहियालाई समाउन कान्तिपुर पब्लिकेसन्समा पुग्यो प्रहरी
जेठ ८, २०८१ मंगलबार
आजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
आईपीएलको इलिमिनेटरमा आज राजस्थान र रोयल च्यालेन्जर्स खेल्दै
जेठ ९, २०८१ बुधबार
कडा सुरक्षाबीच सिरोहियालाई धनुषा अदालत पुर्याइयो
जेठ ९, २०८१ बुधबार
'उज्यालो महाभारत' अभियान अन्तिम चरणमा
जेठ ९, २०८१ बुधबार
कैशाल सिरोहिया पक्राउविरुद्ध जनकपुरमा प्रदर्शन
जेठ ९, २०८१ बुधबार
क्षेत्रीय सहयोगका अवसर र चुनौतीबारे छलफल
जेठ ९, २०८१ बुधबार
सडक विस्तारका लागि पहाड कटान गरिँदै
जेठ ९, २०८१ बुधबार