नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ऋणपत्र निष्काशन गर्दै
नेपालबहस संवाददाता
माघ २२, २०८० सोमबार ११:१६:४०
२२ माघ, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । उक्त ऋणपत्र फागुन १ गतेदेखि निष्काशन गर्ने भइको हो। बैंकले प्रतिइकाई १ हजार रूपैयाँको दरमा ४० लाख ४० हजार इकाई ऋणपत्र जारी गर्ने जनाएको हो।
यसमध्ये बैंकले आफ्नै पहलमा १६ लाख १६ हजार इकाई अन्य संघसंस्थालाई बिक्री गर्ने भएको हो। सर्वसाधारणका लागि बाँकी २४ लाख २४ हजार इकाई खुला हुने बैंकले जनाएको छ। यसमध्ये सामूहिक लगानी कोषहरुका लागि ५ प्रतिशत अर्थात ८० हजार ८०० कित्ता ऋणपत्र छुट्याइएको छ।
नेपाल इन्भेष्टमेन्ट मेगाले १० वर्ष अवधिको (१० प्रतिशत एनआइएमबी डिबेन्चर २०९०) जारी गर्न लागेको हो। यसैगरी बिक्री प्रबन्धक प्रभु क्यापिटलले वार्षिक १० प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ।
यस ऋणपत्रमा फागुन ४ गतेसम्म आवेदन दिन पाइनेछ भने उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा फागुन १५ गतेसम्म खुला रहने बैकले जनाएको छ। यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ। यस ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकको विनाधितो फोन लोन सुविधा
जेठ ८, २०८१ मंगलबार
कुमारी बैंकका ग्राहकलाई होटल भिन्टेज होमबाट प्रदान गरिने सेवामा विशेष छुट
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
बुद्ध जयन्तीको अवसरमा भारतीय राजदूतावासद्धारा विविध कार्यक्रम आयोजना
जेठ ९, २०८१ बुधबार
सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौं : प्रधानमन्त्री
जेठ ९, २०८१ बुधबार
घोडाघोडीमा चरा उत्सव तथा तस्बिर प्रदर्शनी
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार