पर्यटन प्रवर्द्धन गर्न रोटरीको ‘मिनी म्याराथन’
नेपालबहस संवाददाता
माघ २२, २०८० सोमबार १४:१६:११
२२ माघ, चितवन । रोटरी क्लब अफ रत्ननगरले यहाँको समग्र पर्यटन प्रवर्द्धन गर्न ‘मिनी म्याराथन’ आयोजना गर्ने भएको छ । महिला र पुरुष दुई समूहमा म्याराथन गर्न लागिएको हो ।
आयोजक संस्थाले आज पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमका बारेमा जानकारी दिएको छ । आगामी फागुन १९ गते नारायणी नदी किनारबाट रत्ननगरको हरिहर मन्दिरसम्म म्याराथन दौड आयोजना गर्न लागिएको हो । कार्यक्रम संयोजक विपीन पोखरेलले प्रतियोगितामा दुई किसिमबाट खेलाडी (धावक)ले प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्ने बताए ।
उनका अनुसार १४ दशमलव पाँच किमीको खुला प्रतियोगिता र पाँच किमी दूरीको महिला लक्षित प्रतियोगिता हुनेछन् । १४ दशमलव पाँच किमीको खुला प्रतियोगिता नारायणी नदी किनारबाट सुरु भई हरिहर मन्दिर रत्ननगरमा समापन हुनेछ भने पाँच किमी दूरीको महिला लक्षित प्रतियोगिता भरतपुर महानगरपालिकाको जङ्गल सीमाबाट प्रारम्भ भई सोही ठाउँमा समापन हुनेछ ।
सो प्रतियोगितामा राष्ट्रिय धावक (खेलाडी) नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवकसमेतको सहभागिता रहने उहाँले जानकारी दिए । साथै सिमान्तकृत चेपाङ समुदायका धावकलाई विशेष प्रोत्साहन गरिने उनको भनाइ छ ।
प्रतियोगितामा चार सय हाराहारी सहभागी हुने अपेक्षा गरिएको छ । क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठका अनुसार राष्ट्रिय प्रतिभाको पहिचान एवं प्रवर्द्धन गर्ने उद्देश्यबाट यो मिनी म्याराथन आयोजना गर्न लागिएको हो ।
रोटरी डिस्ट्रिक तीन हजार दुई सय ९२ जोन ३७ का एसिस्टेन्ट गभर्नर सुरेन्द्र रेग्मीका अनुसार १५ दशमलव पाँच किमीतर्फको प्रतियोगितामा प्रथम हुनेलाई रु एक लाख नगद र प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरी, दोस्रो हुनेलाई रु ५० हजार, तेस्रो हुनेलाई रु २५ हजार, चौथो हुनेलाई रु १० हजार, पाँचौँ हुनेलाई रु पाँच हजार र छैटौँदेखि १०औँ सम्मलाई रु तीन हजारसहित प्रमाणपत्र वितरण गरिनेछ ।
दूरी पूरा गर्ने सबै चेपाङलाई रु दुई हजार पुरस्कारको व्यवस्था रहेको छ । यसैगरी, पाँच किमी महिला लक्षित प्रतियोगितातर्फ प्रथम हुनेलाई रु २० हजार, दोस्रो हुनेलाई रु १० हजार, तेस्रो हुनेलाई रु पाँच हजार, चौथो हुनेलाई रु तीन हजार, पाँचौँ हुनेलाई रु दुई हजार पाँच सय, छैटौँदेखि १०औँलाई रु एक हजारसहित प्रमाणपत्र प्रदान गरिनेछ । दूरी पूरा गर्ने महिला चेपाङलाई रु एक हजार प्रदान गरिने उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइपिएलको फाइनल आज, उपाधिका लागि कोलकाता र सनराइजर्स भिड्दै
जेठ १३, २०८१ आइतबार
पाकिस्तानको टी-२० विश्वकप टिमको घोषणा
जेठ १२, २०८१ शनिबार
सनराइजर्स हैदरावाद आइपिएलको फाइनलमा
जेठ १२, २०८१ शनिबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
जेठ १३, २०८१ आइतबार
सुक्खा पहिरोले आरुघाट–लार्के सडक अवरुद्ध
जेठ १३, २०८१ आइतबार
अत्यधिक गर्मी बढेपछि तीन दिन विद्यालय बन्द
जेठ १३, २०८१ आइतबार
निजामतीमा महिलाको प्रतिनिधित्व १३ दशमलव ६ प्रतिशत
जेठ १३, २०८१ आइतबार
स्वास्थ्य मन्त्रालयको बेरुजु ३ अर्ब
जेठ १३, २०८१ आइतबार
पत्नी बलात्कार मुद्दामा निलम्बित न्यायाधीश गिरी दोषी ठहर
जेठ १३, २०८१ आइतबार
ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच सबै स्थानीय तहको केन्द्रसम्म
जेठ १३, २०८१ आइतबार