वेस्टइन्डिज ८६ रनमै अलआउट, जितसँगै अस्ट्रेलियाद्वारा सिरिज क्लीन स्वीप
नेपालबहस संवाददाता
माघ २३, २०८० मंगलबार १२:५४:२३
२३ माघ, काठमाडौं । अस्ट्रेलियाले वेस्टइण्डिजविरुद्धको एकदिवसीय सिरिज क्लीनस्वीप गरेको छ । मंगलबार सम्पन्न सिरिजको तेस्रो खेलमा अस्ट्रेलियाले वेस्टइन्डिजलाई ८ विकेटले पराजित गर्दै सिरिज ३-० ले जितेको हो ।
वेस्टइन्डिजले दिएको ८७ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ६।५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । अस्ट्रेलियाका लागि जेक फ्रासर म्याक गर्कले सर्बाधिक ४१ रन बनाए भने जोश इन्ग्लिशले ३५ रन बनाएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको वेस्टइन्डिज भने ८६ रनमै अल आउट भएको थियो । वेस्टइन्डिजले २४.१ ओभरमा अलआउट हुँदै ८६ रन बनाएको थियो । वेस्टइन्डिजका लागिअलिक अथनाजेले सर्बाधिक ३२ रन बनाएका थिए । त्यस्तै अस्ट्रेलियाका
बलर जेभियर बार्टलेटले ४ विकेट लिए भने लान्स मोरिस र एडम जाम्पाले २-२ विकेट लिएका थिए । यो जितसँगै अस्ट्रेलियाले एकदिवसीय सिरिज ३-० ले जितेर क्लीनस्वीप गरेको छ । यो सिरिजपछि अब टी-२० सिरिज सुरु हुने छ । सिरिजको पहिलो खेल फेब्रुअरी ९ मा होबार्टमा हुने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार