अख्तियारले थाल्यो बयानः झुटो बोले अध्यक्ष डा. सिलवाल र मेसु झाले
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
माघ २३, २०८० मंगलबार १७:५५:१४
![](https://nepalbahas.prixacdn.net/media/albums/koshi-hospital-112_nex852tdLU_HoT8FpOLgt.jpg)
२३ माघ, विराटनगर । कोशी अस्पतालमा भएको अनियमितता र भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयले छानविन थालेसँगै आज संलग्न पदाधिकारीहरूसँग बयान लिएको छ । कानुनको धज्जी उडाउँदै अस्पताल प्रशासन र विकास समिति समेतको मिलेमतोमा सरकारी भवन भत्काएको घटना बारे नेपालबहसले सर्वप्रथम समाचार सार्वजनिक गरेपछि अख्तियारले आज अध्यक्ष डा. फरवार्ड सिलवाल र मेसु डा. चन्द्रभाल झासँग बयान लिएको हो । बयानमा उनीहरूले अस्पताल भवन भत्काउन आफूहरूको कुनै संलग्नता नरहेको तथा जानकारी नभएको भन्दै झुटो बोलेर अख्तियारलाई नै ढाँटेको रहस्य बाहिरिएको छ ।
नेपालबहसले कोशी अस्पताल भित्र हुँदै गरेका अनियमिततामा अस्पताल विकास समितिका अध्यक्ष डा.फरवार्ड सिलवाल र मेसु झाको संलग्नताका बारेमा तथ्य उजागर गरेसँगै अख्तियारले छानविन थाल्दै कागजात नियन्त्रणमा लिएको थियो । अस्पताल विकास समितिका अध्यक्ष सिलवाल र मेसु चन्द्रभाल झाले कुनै सूचना वा टेण्डर बेगर ६ वटा सरकारी भवन भत्काएर व्यापक अनियमितता गरेको कुरा बाहिरिएको थियो ।
उक्त घटनामा आफ्नो संलग्नता नरहेको भन्दै विकास समिति अध्यक्ष डा.सिलवालले झुटो दलिल अख्तियार सामु व्यक्त गरेको बताइएको छ । तर सरकारी ऐन कानुनको धज्जी उडाउँदै सरकारी भवन भत्काउने सम्बन्धमा गत कातिक २३ गते संघीय आयोजना कार्यान्वयन इकाईमा सम्पन्न बैठकमा अस्पताल विकास समितिका अध्यक्ष डा.सिलवाल र अस्पतालका मेसु चन्द्रभाल झाले उक्त घर भत्काउन सहमति दिई बैठक निर्णयको माईन्युटमा हस्ताक्षर नै गरेको रेकर्ड नेपालबहसलाई प्राप्त भएको छ ।
यो घटना उजागार भएसँगै अस्पतालका मेसु र अध्यक्षले आफ्नो बचाउका लागि अख्तियार सामु झुटो बोलेको प्रष्ट भएको छ । अस्पतालका पुरानो भवन भत्काएपछि अहिले चिकित्सक र कर्मचारीलाई आवासका लागि उपलब्ध गराइएको पुरानो भवनबाट जबर्जस्ती निकालेर चिकित्सक र कर्मचारीलाई बिचल्ली बनाइएको छ ।
भवन भत्काउनु अघि अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट एवं वरिष्ठ कन्सलटेन्ट सर्जन डा. रविनराज सिंह, कन्सलटेन्ट सर्जन डा. रवि बस्ताकोटी, वरिष्ठ कन्सलटेन्ट अर्थोपेडिक सर्जन डा. महेन्द्र महतो, अर्थोपिडक सर्जन डा. शम्भु साह, फिजिसियनहरु डा. सर्भेष झा, डा. उत्तर मैनाली, डा. डेनप्रसाद आचार्य, डा. अमरेन्द्र साह, बाल रोग विशेषज्ञहरू डा. प्रवीण झा, डा. सूर्यकान्त चौधरी, डा. नन्दकिशोर चौधरी, क्यान्सर रोग विशेषज्ञ डा. रगिन कठेत, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. दीक्षा खनालले प्रयोग गर्दै आएको अस्पताल मै कार्यरत कर्मचारीको भनाइ रहेको छ । उक्त घरमा बस्दै आएका यी कर्मचारीहरू पछिल्लो समय अस्पताल बाहिर बस्नुपर्दा अस्पतालको स्वास्थ्य सेवा नै प्रभावित हुन थालेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार