मधेसमा भइरहेको राजश्व चुहावट र अबैध कारोबार बारे गृहमन्त्रीलाई ब्रिफिङ
नेपालबहस संवाददाता
माघ २५, २०८० बिहिबार १४:१४:४६
२५ माघ, महोत्तरी । मधेशप्रदेशको सुरक्षाबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रशासनिक निकायहरूसँग परामर्श गरेका छन् । उनले जिल्लाका सीडीओ र प्रहरी प्रमुखलाई राखेर सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन् ।
आज महोत्तरीको बर्दिबासका आयोजित सुरक्षा समीक्षा कार्यक्रममा महोत्तरी तथा धनुषाका सीडीओ, सशस्त्र प्रहरी, नेपाल प्रहरी एवं राष्ट्रिय अनुसन्धान विभागका मधेस प्रदेश प्रमुखहरू र जिल्लाका सुरक्षा प्रमुखहरूले प्रदेशको समग्र सुरक्षा अवस्थाबारे गृहमन्त्री श्रेष्ठलाई ब्रिफिङ गरेका थिए ।
रिपोर्टिङ सुनिसकेपछि गृहमन्त्री श्रेष्ठले लागु औषध नियन्त्रण र कारोबारीलाई कडा कारबाही गर्न, त्यसविरुद्ध युवाहरूबीच सचेतना कार्यक्रम गर्न, सुधार केन्द्रहरू बनाउन र यी सबै योजनामा प्रदेश र पालिका सरकारसँग समन्वय गरेर काम गर्न निर्देशन दिए ।
सीमामा राजश्व चुहावट नियन्त्रण गर्न, राजस्व बढाउन, अवैध कारोबार नियन्त्रण गर्न र क्रस बोर्डर क्राइम रोक्न बोर्डर पोस्ट थप्ने गृहकार्यमा सरकार रहेको गृहमन्त्री श्रेष्ठले बताए । मिटरब्याजीको नाममा कुनै बिचौलिया देखिए ध्यान दिएर कारबाहीमा गर्न समेत उनले निर्देशन दिए ।
त्यस क्रममा संघीय सरकार प्रदेश प्रहरी समायोजनको प्रक्रियामा रहेको उनले बताए। धार्मिक विषयमा सहिष्णु हुन तर सद्भाव भड्कन नदिन र साम्प्रदायिक गतिविधिलाई प्रशासनिक विधिबाट नियन्त्रण गर्न उनले प्रशासनिक र सुरक्षा निकायलाई निर्देशन दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार