श्रमजीवी पत्रकारको तलब ४० प्रतिशत बढाउन गरिएको सिफारिस कार्यान्वयन गरः युनियन अध्यक्ष लम्साल
नेपालबहस संवाददाता
माघ २५, २०८० बिहिबार १६:४६:३१
२५ माघ, काठमाडौं । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले श्रमजीवी पत्रकारहरूको पारिश्रमिक बढाउन गरिएको सिफारिसलाई सरकारी पक्षले अल्मल्याएर राख्न नमिल्ने बताएका छन् । उनले दुई वर्ष अघि पारिश्रमिक बढाउन गरिएको सिफारिसलाई सरकारले अझै रोक्ने, अल्मल्याउने र मालिकहरुसँग बार्गेनिङको टुल्स बनाउने काम भए त्यसको नतिजा राम्रो नहुने चेतावनी दिएका छन् ।
श्रमजीवी पत्रकारहरूको ४० प्रतिशत पारिश्रमिक बढाउन गरिएको सिफारिस तत्काल कार्यान्वयन हुनुपर्ने माग गर्दै अध्यक्ष लम्सालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘ श्रमजीवी पत्रकारहरूको पारिश्रमिक र सुविधा ४० प्रतिशत बढाउनु पर्छ भनि आम सहमतिमा बुझाइएको प्रतिवेदन दुई वर्षसम्म पारित नगरी अल्झाएर राख्ने सरकारका उच्च पदाधिकारीहरू अहिले आएर मिडियाका मालिकाहरुसँग सो कुरालाई बार्गेनिङ टुल्सका रुपमा प्रयोग गर्न लागेको बुझिन्छ ।’
प्रेस युनियनसहित पत्रकारहरूका संगठन र न्यूनतम् पारिश्रमिक समितिसमेतको सो प्रस्तावलाई अघिल्लो साता बसेकाे मन्त्रिपरिषदको विषयगत समितिमा फालेर अल्मल्याउने काम गरिएको उनको भनाइ छ । भ्रष्टाचारका समाचारहरू सञ्चारमाध्यमहरूले फोटोसहित छापेपछि तिनीहरूले श्रमजीवीका पीडा सम्झिएर छलफल थालेका छन । प्रतिशोधकै लागि भए पनि श्रमजीवीका माग सम्झिएकोमा उनले व्यङग्यात्मक बधाई दिएका छन् ।
उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारबाट सञ्चारमाध्यमले पाउने लोक कल्याणकारी विज्ञापन निरन्तरताको सुनिश्चितता नगरी सञ्चारसम्बन्धी विधेयक अघि बढाएको विषयप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । लोक कल्याणकारी विज्ञापन र पारिश्रमिकका विषयमा भएका सहमति कार्यान्वयनमा जानुपर्ने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रेस युनियनको निर्णयप्रति धर्मेन्द्र झाको असन्तुष्टि, सल्लाहकारबाट दिए राजीनामा
मंसिर २३, २०८१ आइतबार
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्तमा आचार्य सिफारिस, आयुक्तमा विष्ट र भण्डारी
कात्तिक २०, २०८१ मंगलबार
लायन्स क्लव ३२५ केले चोभारमा मञ्जुश्री पार्क बनाउने, अनुमानित लागत ३५ लाख
कात्तिक १६, २०८१ शुक्रबार
रविसहित ५१ जना प्रतिवादी, फरारको सूचीमा ३७ जना
पुष १, २०८१ सोमबार
मदन भण्डारीको हत्या सम्बधमा वामदेव र ओलीबीच किन चल्दैछ दोहोरी ?
पुष १, २०८१ सोमबार
साइबर अपराधको कसुरमा शोभा पाठक पक्राउ
पुष १, २०८१ सोमबार
गौतमबुद्ध क्रिकेट रङ्गशालामा प्याराफिट निर्माण सुरु
पुष १, २०८१ सोमबार
झापा कपः आर्मीलाई हराउँदै सहलेश युवा क्लब सेमिफाइनलमा
पुष १, २०८१ सोमबार
राजविराजमा रात्रिकालीन उडान सुरु
पुष १, २०८१ सोमबार
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन: अध्ययन
पुष १, २०८१ सोमबार