युवक हत्या प्रकरणमा ५ महिनापछि प्रहरी हवल्दारसहित २ जना पक्राउ
नेपालबहस संवाददाता
माघ २८, २०८० आइतबार १६:२२:२७
२८ माघ, धनगढी । कञ्चनपुरका राजकुमार रानाको मृत्यु प्रकरणमा प्रहरीले एक प्रहरी सहायक हवल्दारसहित दुईजनालाई पक्राउ गरेको छ । लालझाडी गाउँपालिका–३ का २८ वर्षीय रानाको शव पाँच महिनाअघि गएको असोजमा कञ्चनपुरकै कृष्णपुर नगरपालिकाको बालुवाफाँटास्थित जंगलमा फेला परेको थियो ।
रानाको हत्या आरोपमा कञ्चनपुर प्रहरीले केही दिनअघि कृष्णपुर नगरपालिका–६ का महेश चौधरी र चेतराज भण्डारीलाई पक्राउ गरेको हो । पक्राउ परेका मध्ये चौधरी प्रहरी सहायक हवल्दार हुन् । पीडित आफन्तजनले चौधरी र भण्डारीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । पक्राउ परेकामाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
राना गत २८ असोजमा कृष्णपुर नगरपालिकाको बालुवाफाँटा जंगलमा मृत भेटिएका थिए । रानाको हत्या गरेको भन्दै उनकी श्रीमती सुशीला रानाले दुवै जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । धनगढीमा काम गर्छु भन्दै गत वर्षको फागुनमा घरबाट निस्किएका राना त्यसपछि कहिलेकाही मात्र घर आउने गरेका थिए ।
१८ असोजमा श्रीमती सुशीला रानालाई फोन गरेर अत्तरियामा श्रृंगारका सामान बिक्रीको काम गरिरहेको बताएका उनी दशैं मनाउन घर फर्किने कुरा थियो । तर, त्यसको १० दिनपछि २८ असोजमा कृष्णपुर नगरपालिकामा पर्ने बालुवाफाँटाको जंगलमा मृत भेटिएको खबर परिवारले पाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्वाचित
मंसिर ५, २०८१ बुधबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
सुदूरपश्चिममा ३ सय ९७ जुवाडे पक्राउ
कात्तिक २०, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
नदी किनारामा २० मिटर मापदण्ड लागु नहुने, फैसला पुनरावलोकन गर्न आदेश
मंसिर ७, २०८१ शुक्रबार
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
मंसिर ७, २०८१ शुक्रबार
एमाले जागरण सभाको र्याली भद्रकालीबाट प्रारम्भ
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
एलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दै
मंसिर ७, २०८१ शुक्रबार