अरुण भ्याली हाइड्रोपावरले १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने
नेपालबहस संवाददाता
माघ २९, २०८० सोमबार ११:३२:०
२९ माघ, काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले फागुन १७ गतेदेखि १ः१ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर जारी गर्ने जनाएको हो । जसअनुसार १०० अंकित मूल्यमा १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रूपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ ।
यस हाल अरुण भ्यालीको बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । आवेदकले यसमा मुक्तिनाथ क्यापिटल र कम्पनीको केन्द्रीय कार्यालयबाट पनि आवेदन दिन सकिन्छ । त्यस्तै, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सकिनेछ ।
हाल अरुण भ्यालीको चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ रहेको र कम्पनीले सोही पुँजीमा १०० प्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद शेयरबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रूपैयाँ ३० मेगावाटको लिखु खोला जलविद्युत आयोजना निर्माणको लागि आवश्यक पर्ने स्वपुँजीको लागि पीके हाइड्रोपावर प्रालिको संस्थापक शेयरमा लगानी गर्ने कम्पनीले जानकारी गराएको छ । यस्तै, बाँकी ९३ करोड ३९ लाख ८१ हजार ३०० रूपैयाँ भने हाल सञ्चालनमा रहेको काबेली–१ क्यास्केड जलविद्युत आयोजनाको निर्माण गर्दा बैंकहरुबाट लिएको ऋण भुक्तानी गर्न प्रयोग हुनेछ ।
उक्त हकप्रद शेयरको लागि यसले माघ १५ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, माघ १४ गतेसम्म कायम लगानीकर्ताले हकप्रद शेयरको दाबी गर्न पाउनेछन् । यो हकप्रद शेयरमा लगानीकर्ताले चैत ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदाउन्ने ‘एग्रो फार्म’ १० करोडको ‘शेयर’ जारी गर्दै
पुष १९, २०८१ शुक्रबार
फरवार्ड माइक्रोफाइनान्सको साधारण सभाद्वारा बोनस शेयर वितरणको प्रस्ताव पारित
मंसिर ३०, २०८१ आइतबार
कुमारी क्यापिटल र भारतको ध्रुव क्यापिटल सर्भिसेजबीच सहकार्य गर्ने सम्झौता
मंसिर २८, २०८१ शुक्रबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय
पुष २५, २०८१ बिहिबार
बुइपाका चार टोलमा ड्यू, कोक, रम, बियरलगायत पेयपदार्थमा प्रतिबन्ध
पुष २५, २०८१ बिहिबार
सहकारी ठगी प्रकरण : रवि लामिछानेसहितको मुद्दामा आज आदेश आउन सक्ने
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता आजदेखि
पुष २५, २०८१ बिहिबार