राष्ट्रपति ट्रम्पको सन्देश उत्तर लैजान दक्षिण कोरिया प्रतिक्षारत
इन्द्र रिजाल
बैशाख ८, २०७६ आइतबार २०:५३:२५
सियोल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–अनलाई पठाउनुभएको सन्देश हस्तान्तरण गर्न आफू प्रतिक्षारत रहेको दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले बताएका छन्।
दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका एक अधिकारीका अनुसार त्यस्तो सन्देश दुबै नेताबीच हुने सम्भावित अन्तर–कोरियाली चौथो सम्मेलनका अवसरमा हस्तान्तरण गरिनेछ । तर अन्तर कोरियाली चौथो सम्मेलनको मिति अझै घोषणा भएको छैन ।
अमेरिकी सञ्चार माध्यम सिएनएनले गोप्य स्रोतलाई उल्लेख गरी राष्ट्रपति मूनले ट्रम्पको सन्देश उत्तरसम्म पु¥याउन उपयुक्त समयको प्रतिक्षामा रहेको जनाएको थियो ।
मूनले राष्ट्रपति ट्रम्पलाई यसै महिनाको शुरुमा ह्वाइट हाउसमा भेटवार्ता गरेका थिए । उनीरुको भेटका क्रममा वासिङ्टन र प्योङयाङबीचको अबरुद्ध निःशस्त्रीकरण वार्ता पुनः शुरु गर्नेबारेमा छलफल भएको थियो ।
“यदि अन्तर–कोरियाली शिखर सम्मेलन भएमा उत्तर कोरियाली नेतासम्म राष्ट्रपति ट्रम्पको सन्देश हस्तान्तरण गरिनेछ,” राष्ट्रपति कार्यालयका अधिकारीले बताए । तर सन्देशमा रहेको व्यहोराबारे उनले कुनै कुरा उल्लेख गरे ।
राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच भियतनामको हनोईमा गत फेब्रुअरीमा भएको दोस्रो शिखर वार्ता आणविक निःशस्त्रीकरण र उत्तर कोरियामाथिको प्रतिबन्धका विषयमा समझदारी बनाउन नसकी बिफल भएसँगै दुबै मुलुकबीच आरोप प्रत्यारोप जारी छ ।
यसै महिनाको शुरुमा उत्तर कोरियाली नेता किमले दिनुभएको प्रमुख नीति भाषणमा संयुक्तराज्य अमेरिका कुनै नयाँ योजनाका साथ अघि आएमा राष्ट्रपति ट्रम्पसँग यसै वर्षको अन्त्यसम्ममा तेस्रो शिखर वार्ताका लागि तयार रहेको बताउनुभएको थियो । तर यस्तो प्रस्ताव प्योङयाङलाई पनि स्वीकार्य हुनुपर्ने किमको भनाई छ ।
नेता किमको उक्त धारणा सार्वजनिक भएयता उत्तर कोरियाले अमेरिका विरुद्धको आलोचनालाई तिब्र बनाएको छ । उत्तर कोरियाका वरिष्ट कुटनीतिक अधिकारीहरुले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले प्योङयाङको चाहनालाई राम्रोसँग बुझ्दै नबुझी असान्दर्भिक प्रतिक्रिया दिएको बताएका छन् ।
उत्तर कोरियाले यसै सन्दर्भमा गतसाता सुधारिएको नयाँ हतियारको परीक्षण गरेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसन् २०२४ सर्वाधिक तातो वर्ष पुष्टि
माघ २, २०८१ बुधबार
तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्युः डब्लुएचओ
माघ २, २०८१ बुधबार
भारतको केरलामा दलित किशोरीमाथि ५ वर्षदेखि ६२ जनाले गरे बलात्कार, ४४ पक्राउ
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार
सन् २०२४ सर्वाधिक तातो वर्ष पुष्टि
माघ २, २०८१ बुधबार