रिडी पावरले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने
नेपालबहस संवाददाता
फागुन १, २०८० मंगलबार ११:३६:१२
१ फागुन, काठमाडौं। रिडी पावर कम्पनीले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ। कम्पनीले फागुन १८ गतेदेखि १:०.५० अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर जारी गर्ने जनाएको हो। कम्पनीका अनुसार संस्थाले १०० अंकित मूल्यमा ७७ करोड ४४ लाख ५० हजार ६ सय रूपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ। यसमा आवेदकले मुक्तिनाथ क्यापिटल र कम्पनीको केन्द्रीय कार्यालयबाट आवेदन दिन सक्ने छन भने मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकको तोकिएको शाखा कार्यालदयबाट पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ।
यसबाहेक पनि आवेदकहरुले धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सकिनेछ। यो हाइड्रोपावरको लगानी तथा व्यवस्थापनमा रहेको साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहने तल्लो बलेफि जलिविद्युत आयोजना निर्माण गर्न र उक्त आयोजनामा स्वपुँजी व्यवस्थापन गर्न हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
हाल रिडी पावरको चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रूपैयाँ रहेको छ। हकप्रद पछि यसको पुँजी २ अर्ब ३२ करोड ३३ लाख रूपैयाँ पुग्नेछ।
उक्त हकप्रद शेयरको लागि यसले माघ २२ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, माघ २१ गतेसम्म कायम लगानीकर्ताले हकप्रद शेयरको दाबी गर्न पाउनेछन्। यो हकप्रद शेयरमा लगानीकर्ताले चैत ८ गतेसम्म आवेदन दिन सक्नेछन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिभर फल्स पावरको सभा आज बस्दै, के-के छन् एजेण्डा ?
बैशाख २०, २०८१ बिहिबार
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने
बैशाख १९, २०८१ बुधबार
पिपुल्स पावरको साधारणसभा आज, मुख्य एजेण्डा के हो ?
बैशाख १७, २०८१ सोमबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
पोखरा महानगरको छानबिनमा सूर्यदर्शन सहकारीबाट गृहमन्त्री लामिछानेले एक करोड लिएको पुष्टि
बैशाख २८, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाइयो भने गृहमन्त्रीले राजीनामा दिनुपर्छ, सरकार ढल्न सक्छः ओली
बैशाख २८, २०८१ शुक्रबार
नक्कली लाइसेन्समा यातायात व्यवस्था विभागका पूर्व महानिर्देशकहरू सीआईबीको ‘राडर’मा
बैशाख २८, २०८१ शुक्रबार
संसद्को संयुक्त बैठक जेठ १ मा : राष्ट्रपति पौडेलले सम्बोधन गर्ने
बैशाख २८, २०८१ शुक्रबार
त्रिदेशीय रणनीतिक सडक निर्माण सुस्त गतिमा
बैशाख २८, २०८१ शुक्रबार
बुलबुले तालमा मोटरबोट सञ्चालन
बैशाख २८, २०८१ शुक्रबार
नुवाकोटको रमणीय पर्यटकीय क्षेत्र घ्याङस्वारा
बैशाख २८, २०८१ शुक्रबार
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, एकजना घाइते
बैशाख २८, २०८१ शुक्रबार
वर्षे अधिवेशनको पहिलो दिन: खोज्दा-खोज्दै नभेटिएको ‘सहमति’
बैशाख २८, २०८१ शुक्रबार