वात्सल्यका ब्राण्ड ऐम्बेस्डरमा प्रियंका, आयुष्मान र आयांका
नेपालबहस संवाददाता
फागुन १, २०८० मंगलबार १२:४३:३५
१ फागुन, काठमाडौं । नेपालमै आधुनिक प्रजनन चिकित्साको प्रवर्द्धन, विकास र प्रयोगमा टेवा पुर्याउँदै आएको वात्सल्य नेचुरल आई भी एफ ले आफ्नो ब्राण्ड ऐम्बेस्डर को रुपमा अभिनेत्री प्रियंका कार्की, अभिनेता आयुष्मान देशराज र तिनका सुपुत्री आयांकालाई संयुक्त रुपमा नियुक्त गरेको छ ।
वात्सल्यको नारायणचौर स्थित क्लिनिक मै भएको एक कार्यक्रममा दुवै पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । सम्झौता बमोजिम प्रियंका कार्की, आयुष्मान देशराज र आयांकाले निस्सन्तान सँग सम्बन्धित विषयमा जागरुकता फैलाउने र उपचारमा पहुँच बढाउने कार्यमा संलग्न रहनेछन ।
वात्सल्य क्लिनिकका संस्थापक तथा प्रबन्ध निर्देशक प्रशान्त सुवेदीले ब्राण्ड एम्बेस्डरको रुपमा तीनै जनालाई संयुक्त रुपमा लिन पाउँदा खुशी व्यक्त गर्दै निःःसन्तान सम्बन्धि कुण्ठालाई उहाँहरु मार्फत थप प्रभावकारी रुपमा जागरुकता फैलाउन सक्नेमा आफू आशावादी रहेको बताएका छन । अभिनेत्री कार्की आफ्नो खुला सोच र धारणा का कारण धेरै महिलाहरूको लागि अनुकरणीय बनेको र स्पष्ट वक्ता भएको कारण उहाँको प्राभाव नयाँ पुस्तामा गहिरो रहने तथ्य नकार्न सकिन्न साथै हालै मातृत्व र पितृत्व भूमिका निभाउँदै गरेका यस दम्पतीले सन्तान प्राप्तिको अनुभवलाई राम्ररी उजागर गर्न सक्नेमा पनि आफू विश्वसित रहेको सुवेदीले जनाएका छन ।
यस्तै बदलिँदो जीवनशैली र खानपानले गर्दा सन्तान प्राप्तिको चुनौती थपिँदै गएको अवस्थामा यस सम्बन्धी सचेतना फैलाउने र सन्तान नहुनुमा आफू वा आफ्नो जीवनसाथीलाई दोषी ठहर्याउन 'भन्दा उपचार गराउन' जाती हुन्छ भन्ने सकारात्मक सन्देश फैलाउने भूमिका पाउँदा आफूहरू उत्साहित रहेको अभिनेत्री प्रियंका कार्कीले जानाएकी छिन्। ।
यस्तै आफ्नो परिवार पूर्ण बनाउन आधुनिक आई भी एफ उपचारको निर्णय जटिल रहेको तर खासमा बुझ्दै जाँदा यो प्रविधि लाभकारी नै रहेको आफूहरुले थाहा पाएको कारण यस सम्बन्धि आफूले बुझेको तथ्य प्रभावकारी रुपमा सबैमा राख्दै जाने अभिनेता आयुष्मान देशराजले बताए ।
वात्सल्यले आई भी एफ का साथै आई यू आई, ओभुलेसन इन्डक्सन, फर्टिलिटि फ्रिजिंग, प्रसुती पुर्वको सम्पूर्ण जाँच जस्ता प्रजनन सम्बन्धी विभिन्न आधुनिक सेवा प्रदान गर्छ । यस सम्बन्धी सम्पूर्ण जानकारी वेवसाइट www.vatsalya.com.np वा ०१–५९७०६११ फोन मार्फत प्राप्त गर्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखोप लगाउन छुटेका बालबालिकालाई आगामी वैशाख ३१ गते लगाउने
बैशाख १९, २०८१ बुधबार
काठमाडौंमा प्रदूषण बढ्यो, मास्क लगाउनूः मन्त्रालय
बैशाख १८, २०८१ मंगलबार
शिविरमार्फत नागरिकको स्वास्थ्योपचार गर्दै स्थानीय तह
बैशाख १७, २०८१ सोमबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
अर्थमन्त्रीले कसरी बनाउँदैछन आगामी बजेट ?
बैशाख २०, २०८१ बिहिबार
विनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
प्रधानमन्त्रीले चार बजे बोलाए मन्त्रिपरिषद् बैठक, बजेट अधिवेशनबारे निर्णय हुने
बैशाख २०, २०८१ बिहिबार
धादिङमा घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु
बैशाख २०, २०८१ बिहिबार
विद्यार्थीहरुलाई पुरा जानकारी लिएर मात्र क्यानडा आउन दुतवासको आग्रह
बैशाख २०, २०८१ बिहिबार
श्रीलंकाको राष्ट्रपति निर्वाचनमा विक्रमासिङ्घे र राजापाक्षे भिड्ने सम्भावना
बैशाख २०, २०८१ बिहिबार