जसपाको मधेस प्रदेश समिति पुनर्गठन
नेपालबहस संवाददाता
फागुन १, २०८० मंगलबार १३:२१:५३
१ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी 'जसपा' नेपालको मधेस प्रदेश समिति पुनर्गठन भएको छ । पार्टी विधानले व्यवस्था गरेबमोजिम ५१ सदस्यीय मधेस प्रदेश समिति बालकिशोर यादवको अध्यक्षतामा पुनर्गठन भएको छ ।
त्यसैगरी १७ सदस्यीय प्रदेश कार्यकारिणी समिति चयन भएको छ । सो समितिको बैठकबाट आवश्यक पदाधिकारी चयन गरी कार्यान्वयन गर्न सक्ने गरी समितिको नामावली टुङ्गो लगाइएको छ ।
साथै वृजमोहन तिवारीको अध्यक्षतामा १३ सदस्यीय प्रदेश सल्लाहकार समिति गठन भएको छ । महाराज यादवको अध्यक्षतामा ७ सदस्यीय अनुशासन आयोग र अमृत साफीको अध्यक्षतामा ६ सदस्यीय लेखा परीक्षण आयोग गठन भएको छ । मधेस प्रदेश समिति पुनर्गठन भएसँगै जसपाका सातै प्रदेश समिति पुनर्गठन भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराहत उपलब्ध गराउनका लागि समन्वय र सहजीकरण गर्न ८ जिल्लामा कार्यदल गठन
असोज १४, २०८१ सोमबार
अमेरिकाबाट नेपाल आइपुगे प्रधानमन्त्री ओली
असोज १४, २०८१ सोमबार
सर्वोच्चको न्यायाधीशमा सिफारिस निरौला र पाण्डेविरुद्ध संसदीय समितिले माग्यो उजुरी
असोज १४, २०८१ सोमबार
दुर्गा प्रसाईविरुद्ध साइबर अपराधको मुद्दा दर्ता
असोज १४, २०८१ सोमबार
राहत उपलब्ध गराउनका लागि समन्वय र सहजीकरण गर्न ८ जिल्लामा कार्यदल गठन
असोज १४, २०८१ सोमबार
विपद प्रभावितहरुको उद्धार, राहत र स्वास्थ्योपचारमा जुट्न आयोगको आग्रह
असोज १४, २०८१ सोमबार
जलनको उपचार निःशुल्क बनाउने स्वास्थ्य मन्त्रालयको तयारी
असोज १४, २०८१ सोमबार