कतारमा फाँसीको सजाय पाएका ८ जना भारतीय रिहा
नेपालबहस संवाददाता
फागुन १, २०८० मंगलबार १६:२९:५२
१ फागुन, काठमाडौं । जासुसीको आरोपमा मृत्युदण्डको सजाय पाएका भारतीय नौसेनाका ८ जना पूर्वकर्मचारीलाई कतार सरकारले रिहा गरेको छ । यसलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको भारत सरकारले ठूलो कूटनीतिक जित हासिल गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
यसअघि नयाँ दिल्लीको कूटनीतिक हस्तक्षेपपछि दोहाले भारतीय नौसेनाका पूर्व कर्मचारीको मृत्युदण्डको सजायलाई रोकेर जेलमा राखेको थियो । तर, कतारका अमिरको आदेशमा भारतीयलाई रिहा गरिएको हो ।
यसअघि आठ भारतीयलाई मृत्युदण्ड दिइएको थियो । पुनरावेदनपछि मृत्युदण्डको सजाय ५ देखि २५ वर्षसम्म कैदमा परिणत भएको थियो । दोस्रो पुनरावेदनको सुनुवाइ चलिरहेको बेला कतारका अमिरको आदेशमा उनीहरूलाई रिहा गरिएको हो । रिहालगत्तै भारतीय स्वदेश फर्किएका छन् । भारतले कतारका अमिरलाई धन्यवाद दिएको छ ।
आठ पूर्व नौसेना कर्मचारीहरू अगस्त २०२२ मा जासुसीको आरोपमा पक्राउ परेका थिए र कतारी अदालतले अक्टोबरमा उनीहरूलाई मृत्युदण्डको सजाय सुनाएको थियो । यी सबै भारतीय नागरिक दहरा ग्लोबल कम्पनीमा काम गर्दै आएका थिए ।
यसअघि कतारको अदालतले उक्त मुद्दामा आठ पूर्व सैनिकको मृत्युदण्डको सजाय घटाएर विभिन्न अवधिको जेल सजाय तोकेको भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको थियो । निर्णयको स्पष्टीकरण दिँदै मन्त्रालयले दहरा ग्लोबल मुद्दामा कतारको पुनरावेदन अदालतको आजको फैसलालाई हामीले ध्यानमा राखेका छौँ, जसमा सजाय घटाइएको छ, भनेको थियो ।
मन्त्रालयले उक्त मुद्दामा विस्तृत निर्णय आउन बाँकी रहेको र कतारमा रहेको कानुनी टोलीसँग घनिष्ठ सम्पर्कमा रहेको बताएको थियो । दोहास्थित अल दाहरा ग्लोबल टेक्नोलोजीमा काम गर्ने उनीहरूलाई अगस्ट २०२२ मा जासुसीको आरोपमा पक्राउ गरिएको थियो । तर, ती अधिकारीहरूमाथि लागेको आरोप भारत र कतार दुवैले सार्वजनिक गरेका थिएनन् ।
समाचार अनुसार सबैलाई पनडुब्बी परियोजनामा जासुसी गरेको आरोप लागेको थियो । अल दहरा ग्लोबल कम्पनीले कतारको सैन्य बल र अन्य सुरक्षा निकायहरूलाई तालिम र अन्य सेवाहरू दिने गर्छ । एक वर्षभन्दा बढी समय जेलमा बिताएपछि अक्टोबरमा कतारको तल्लो अदालतले पूर्वनौसेनालाई मृत्युदण्डको सजाय सुनाएको थियो ।
कतारले यसबारे भारतलाई कुनै जानकारी नदिएकोले उक्त फैसलाले भारत छक्क परेको थियो । सो निर्णयविरुद्ध भारतले अपिल गरेको थियो । जनवरीमा कतारले फाँसीको सजायलाई घटाएर जेल सजायमा झारेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन गोहोरोसहित दुई जना पक्राउ
पुष २२, २०८१ सोमबार
लेखा समितिका सभापति ऋषिकेशका स्वकिय सचिव अनिल पोखरेलविरुद्ध पक्राउ पुर्जी
पुष २२, २०८१ सोमबार
तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार